रेमिट्यान्स खातामा थप ब्याज

बैङ्किङ प्रणालीबाट प्राप्त हुने रेमिट्यान्स रकम बैङ्क तथा वित्तीय संस्थामा रेमिट्यान्स बचत/मुद्दती खातामा जम्मा गरेमा कम्तीमा एक प्रतिशत थप ब्याज प्राप्त हुने भएको छ । वैदेशिक रोजगारीमा रहेका नेपालीको बैङ्किङ प्रणालीबाट प्राप्त हुने रेमिट्यान्स रकम बैङ्क तथा वित्तीय संस्थामा रेमिट्यान्स बचत/मुद्दती खातामा जम्मा गरेमा कम्तीमा एक प्रतिशत थप ब्याज प्रदान गर्नुपर्ने नीतिगत व्यवस्था रहेको राष्ट्र बैङ्कले जनाएको छ ।

सम्बन्धित सामग्री

ब्याजदर घटाउँदै वाणिज्य बैंक

वाणिज्य बैंकहरूले आगामी माघमा ब्याजदर घटाउने भएका छन् । बुधबार बसेको वाणिज्य बैंकहरूको छाता संगठन नेपाल बैंकर्स संघको बैठकले माघ महिनाका लागि एक दशमलव १३ प्रतिशत ब्याजदर घटाउने निर्णय गरेको हो । हाल वाणिज्य बैंकहरूले व्यक्तिगत मुद्दती निक्षेपमा १२ दशमलव १३ प्रतिशत र संस्थागततर्फ नौ दशमलव १३ प्रतिशत ब्याज तोकेका छन् । रेमिट्यान्स मुद्दती खातामा […]

देखापढी विजिनेश न्यूज

माथिल्लो अरूण जलविद्युत आयोजनाले ४९ प्रतिशत आईपीओ जारी गर्ने तयारी गरेको छ। नेपाल टेलिकमले ई–सिम वितरण गर्न थाल्यो। बीमा विधेयक प्रतिनिधिसभाबाट बहुमतले पारित भयो। घरेलु कामदारका रुपमा युरोप जानेले ३० दिनको तालिम अनिवार्य लिनुपर्नेछ। रेमिट्यान्स गरेर पठाएको पैसा मुद्दती खातामा जम्मा गर्दा प्रभु बैंकले १५.१३ प्रतिशत ब्याज दिन्छ। बससेवा डटकम र बससेवा एपमार्फत बसको टिकट अग्रिम बुकिङ गर्न सकिन्छ।

सनराइज बैकले मुद्दती निक्षेपमा १४.१३ प्रतिशत बयाज दिने, बचतमा १०.१३ प्रतिशत

काठमाडौं । सनराइज बैकको रेमिट्यान्स मुद्दती खातामा १४.१३ प्रतिशत ब्याजदर दिने भएको छ । यस्तै व्यक्तिगत मुद्दतीमा १२.१३ प्रतिशत ब्याज दिने बैंकले जनाएको छ । यसका साथै रेमिट्यान्स बचत खातामा १०.१३ प्रतिशत ब्याज दिने बैंकले जनाएको छ । बैंकले साधारण बचतमा ७.१३ प्रतिशत र सम्पूर्ण बचत नामक खातामा ९.१३ प्रतिशतसम्म ब्याज दिने बैंकले जनाएको छ […]

मुक्तिनाथ विकास बैंकले मुद्दतीमा १३ प्रतिशतसम्म ब्याज दिने

मुक्तिनाथ विकास बैंकले निक्षेपकर्ताहरुलाई व्यक्तिगत मुद्दती खाताहरुमा १३ प्रतिशतसम्म ब्याज प्रदान गर्ने भएको छ । बैंकले जेष्ठ महिनामा खुल्ने रेमिट्यान्स व्यक्तिगत मुद्धती खातामा उच्चतम १३ % को वार्षिक ब्याजदर र व्यक्तिगत मुद्धती खातामा १२ % वार्षिक ब्याजदर प्रदान गर्ने जनाएको हो । बैंकका अनुसार न्यूनतम रु ५,००० को  मुद्धती खाता खोल्न सकिने छ र अवधि भने न्यूनतम ३ महिना देखि १५ वर्ष सम्म ग्राहकले रोज्न सकिने छ। यस खाताबाट बचत गर्न चाहाने ग्राहकहरुलाई न्यूनतम लगानीमा उच्चतम प्रतिफलको फाइदा पुग्ने विश्वास बैंकले लिएको छ । साथै, बैंकले डिजिटल कारोबारलार्ई प्रोत्साहन गर्न बैंकको एटिएम कार्ऋड प्बरयोग गरि नेपालभरी रहेको भिसा नेटवर्कमा आवद्ध अन्य जुन सुकै बैंकको एटिएम मसिनबाट निशुल्क रकम झिक्न सकिने व्यवस्था गरेको छ ।

महालक्ष्मी विकास बैंक–मोडर्न रेमिट्यान्स सम्झौता

काठमाडौं (अस) । महालक्ष्मी विकास बैंकले ग्राहकलाई रेमिट्यान्ससम्बन्धी थप सुविधा दिने उद्देश्यले मोडर्न रेमिट्यान्स प्रालिसँग सम्झौता गरेको छ । सम्झौतामा बैंकका प्रमुख कार्यकारी अधिकृत बोधराज देवकोटा र मोडर्न रेमिट्यान्स प्रालिका प्रमुख कार्यकारी अधिकृत साधुराम खड्काले हस्ताक्षर गरे । सम्झौतापछि ग्राहकले विश्वका विभिन्न स्थानबाट नेपालभित्र बैंकिङ च्यानलमार्फत आएको रकम तथा विभिन्न स्थानमा रकमान्तरका लागि बैंकका १०३ शाखामार्फत प्राप्त गर्न सक्नेछन् । बैंकका ग्राहकले संसारको कुनै पनि स्थानबाट मोडर्न रेमिट्यान्समार्फत सोझै खातामा रकम जम्मा गर्न सक्नेछन् । बैकले हालसम्म २७ रेमिट कम्पनीसँग सम्झौता गरेको छ । बैंकले रेमिट्यान्सबाट आएको रकमलाई थप १ प्रतिशत ब्याज प्रदान गर्ने विशेषतासहितको मुद्दती योजना सञ्चालनमा ल्याएको छ ।

सानिमा बैंकले रेमिट्यान्स मुद्दती खातामा १०.५१ प्रतिशत ब्याज दिने

नेपालीहरुको महान पर्व बडा दशैंको अवसरमा सानिमा बैंकले रेमिट्यान्स मुद्दती खातामा वार्षिक १०.५१ प्रतिशतसम्मको ब्याजदर घोषणा गरेको छ।

सानिमा बैंकको रेमिट्यान्स मुद्दती खातामा १०.५१ प्रतिशतसम्म मासिक ब्याज

काठमाडौं । सानिमा बैंकले दसैँ बम्पर योजनाअन्तर्गत रेमिट्यान्स मुद्दती खातामा १०.५१ प्रतिशतसम्म उच्च ब्याजदर मासिक रूपमा प्रदान गर्ने भएको छ । यही असोज १ गतेदेखि लागु भएको सो योजनामा विदेशबाट सानिमा एक्सप्रेस वा स्वीफ्टमार्फत बैंकमा पठाएको रकमलाई रेमिट्यान्स मुद्दती खातामा परिमार्जन गर्दा बैंकले १०.५१ प्रतिशतसम्म उच्च ब्याजदर दिइरहेको जनाइएको छ । साथै,...

७ प्रतिशत ब्याजदरको कामना सेवा एनआरएन बचत खाता सञ्चालनमा

काठमाडौं । वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिक तथा नेपाल स्थित परिवारजनहरूका लागि कामना सेवा विकास बैंकले नयाँ एनआरएन बचत खाता सञ्चालनमा ल्याएको छ । ७ प्रतिशत ब्याजदर सहितको यो खातामा पहिलो वर्ष निःशुल्क मोबाइल तथा इन्टरनेट बैंकिङ्गको सुविधा रहेको बैंकले जनाएको छ । विदेशमा रहेका नेपाली नागरिकले रेमिट्यान्स तथा बैंकिङ्ग प्रणालीबाट नेपालमा आफ्नो परिवारलाई पठाएको पैसा यो खातामा जम्मा गर्न सक्ने बैंकले जनाएको छ ।साथै यस खाता मार्फत खोलिने मुद्दती निक्षेपमा ०.५ प्रतिशत थप ब्याज पाउन सक्ने पनि