प्रचण्ड-माधव कम्युनिस्ट आन्दोलन ध्वस्त बनाउन जन्मेका हुन्: ओली

काठमाडौँ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल कम्युनिस्ट आन्दोलनलाई ध्वस्त बनाउन जन्मिएको टिप्पणी गरेका छन्। शनिबार बागलुङमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले प्रचण्ड र नेपाल कम्युनिस्ट आन्दोलन ध्वस्त पार्न जन्मिएको बताएका हुन्। उनले प्रचण्ड र नेपाल आफू पनि सकिने र कम्युनिस्ट आन्दोलनलाई […]

सम्बन्धित सामग्री

प्रचण्ड–माधव पदको पछि लाग्दा सडकमा पछारिन पुगे : टोपबहादुर रायमाझी

काठमाडौं : नेकपा स्थायी कमिटी सदस्य तथा ऊर्जामन्त्री टोपबहादुर रायमाझीले नेकपा अध्यक्षद्धय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल पदको पछि लाग्दा सडकमा पछारिन पुगेको बताएका छन्। ओली समूहले बुटवलमा गरेको भेलालाई सम्बोधन गर्दै उनले भने, ‘पार्टी फुटाएर सडकमा भौतारिरहेका व्यक्तिले भ्रम छरिरहेका छन्। यो कुनै मांसाहारी आन्दोलन होइन। त्यो जनतालाई भ्रमबाट चिर्नका लागि गरेको भेला हो।’‘पार्टीबाट फुटेर गएकाले ७७ जिल्लाबाट काठमाडौं जम्मा गरेर हामीलाई देखाउन खोज्नुभयो। लुम्बिनी प्रदे

प्रचण्डले हिंसात्मक आन्दोलन गर्न खोजेका छन् : प्रधानमन्त्री ओली

१९ माघ, सिराहा । प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा प्रचण्ड-माधव समूहमाथि हिंसात्मक आन्दोलन गर्न खोजेको आरोप लगाएका छन् । प्रचण्डले अब शाकाहारी आन्दोलन गरेर काम छैन भनेको भन्दै उनले भने, ‘भन्नुको मतलब मांसाहारी । मंसाहारी भन्नुको …

‘सन्काहा’को निर्णय अदालतले सदर गर्ने हैन : युवराज ज्ञवाली

१० माघ, बुटवल । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को प्रचण्ड-माधव समूहका लुम्बिनी प्रदेश इन्चार्ज युवराज ज्ञवालीले प्रधानमन्त्री केपी शर्मा ओली तत्कालीन कम्युनिस्ट पार्टीका महासचिव केशरजंग रायमाझीभन्दा पनि बढी प्रतिगामी र राष्ट्रघाती भएको आरोप लगाएका छन् । प्रतिनिधि सभा विघटन गरेर ओलीले संविधान, कम्युनिस्ट आन्दोलन, गणतन्त्र र राष्ट्रियता सिध्याउन खोजेको ज्ञवालीको ठम्याइ छ । उनलाई पार्टीले अध्यक्षबाट […]

उदयपुरमा प्रचण्ड–माधव समुहद्वारा ओलीपक्षका आधादर्जन कार्यकर्ता कारबाही

पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीले संसद विघटन गरेपछि नेकपामा देशव्यापी विभाजन आएसँगै प्रचण्ड–माधव र ओली समूहबीच एकले अर्को पक्षविरुद्ध आन्दोलन गर्ने मात्र नभएर कारबाही र मनोनित गरी जिम्मेबारी तोक्ने क्रम जारी छ । उदयपुरमा पनि सुरुवातदेखि दुवै समूह कार्यकर्ता तानातानदेखि नयाँ मनोनित र कारबाहीसम्म गर्ने काममा लागेका छन् ।

वर्तमान राजनीतिक स्थितिमा संयुक्त आन्दोलन राष्ट्रिय आवश्यकता

मोहनविक्रम सिंह ओली सरकारद्वारा संसदको विघटन पछि संयुक्त आन्दोलनको प्रश्न एउटा राष्ट्रिय प्रश्न भएको छ । नेपालमा संयुक्त आन्दोलनको लामो र सफल इतिहास रहेको छ । वर्तमान सन्दर्भमा पुनः त्यसको आवश्यकता बढेर गएको छ र त्यसलाई सफल पार्न हामीले प्रयत्न गर्नुपर्दछ । संसदको विघटनलाई हेर्ने प्रश्नमा विभिन्न राजनीतिक शक्तिहरुका बीचमा कैयौँ प्रकारका मतभेदहरु देखा परेका छन् । (नेकपा प्रचण्ड–माधव पक्ष) ले संसदको विघटनका विरुद्ध र त्यसको पुर्नस्थापनाको पक्षमा आन्दोलन गर्ने घोषणा गरेको छ र संघर्षका कैयौँ कार्यक्रमहरुको पनि संचालन गरिरहेको छ । मधेशवादीहरुले पनि संसदको विघटनको विरुद्ध तथा त्यसको पुर्नस्थापनाको माग गर्दै त्यसका लागि संघर्ष सुरु गरेका छन् । नेपाली काँग्रेसले संसदको विघटनको विरोध गरेको छ, तर त्यसको पुर्नस्थापनाको मागबारे उनीहरु अझै स्पष्ट रुपले अगाडि आउन सकेका छैनन् । कतिपय वामपंथी शक्तिहरुले विद्यमान संविधान, गणतन्त्र र संसदीय प्रणाली समेत पूरैलाई समाप्त गरेर तिनीहरुको विकल्प खोज्ने कुरामा जोड दिएका छन् र उनीहरुले संसद वा त्यसको पर्नुस्थापनाबारे समेत एजेण्डा नभएको बताएका छन् । तैपनि उनीहरुले संसदको विघटन प्रतिगामी÷प्रतिगमनोन्मुख, फासिष्टवादी कदम भएको बताउदै त्यसका विरुद्ध संघर्ष गर्ने निर्णय गरेका छन् । उपरोक्त विभिन्न मतभेदहरुका बीचमा नै हामीले अहिलेको स्थितिमा संयुक्त आन्दोलन अगाडि बढाउने प्रयत्न गर्नुपर्दछ । संयुक्त आन्दोलनको सर्वमान्य सिद्धान्त यो हो कि सहमतिको आधारमा नै संयुक्त आन्दोलनको निर्माण गर्ने प्रयत्न हुन्छ । अहिले विभिन्न राजनैतिक शक्तिहरुका बीचमा कैयौँ प्रकारका मतभेदहरु भएपनि न्युनतम सम्भव् विषयमा सहमती कायम गरेर संयुक्त आन्दोलनलाई शक्तिशाली बनाउने प्रयत्न गर्नुपर्दछ । हाम्रो पार्टीले संसदको विघटनको विरोध गरेको छ र त्यसको पुर्नस्थापनाको माग अगाडि सारेको छ । नेकपा (मसाल) ले विद्यमान संविधान, गणतन्त्र वा बहुदलीय व्यवस्थालाई सैद्धान्तिक र रणनीतिक रुपले स्वीकार गर्दैन । संविधानमा भएको संघीयतासित पनि हाम्रो गंभीर प्रकारको मतभेद छ । तैपनि तात्कालिक वा कार्यनीतिक दृष्टिकोणले हामीले विद्यमान संविधान, गणतन्त्र र बहुदलीय व्यवस्थालाई समर्थन गर्दछौँ र तीनिहरुको रक्षा गर्नुपर्ने आवश्यकतमा जोड दिन्छौँ । एकातिर प्रतिगामी शक्तिहरुले ती सबैलाई समाप्त गर्नको लागि चलाईरहेको आन्दोलन र अर्कातिर ओली ...

ओली कदमकाे विराेधमा बयलगाडा प्रदर्शन गर्दै अनेरास्ववियू

नेकपा प्रचण्ड–माधव समूहनिकट अनेरास्ववियूका नेताले प्रधानमन्त्री केपी ओलीले संसद भंग गरेको विरोधमा दोस्रो चरणको आन्दोलन घोषणा गरेका छन्

प्रचण्ड–माधव पक्षको स्थायी कमिटी बैठक : ओली कदमविरुद्ध थप सशक्त हुने

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी नेकपाको प्रचण्ड–माधव समूहको स्थायी कमिटी बैठकले आन्दोलनलाई थप सशक्त बनाउने निर्णय गरेको छ।आज पार्टी कार्यालय पेरिस डाँडामा बसेको बैठकमा आन्दोलनलाई कसरी प्रभावकारी रुपमा लैजाने भन्ने विषयमा छलफल भएको स्थायी कमिटी सदस्य रघुजी पन्तले जानकारी दिए। 'आजको बैठक यसअघिको सरकार विरुद्धको आन्दोलनको विषयमा समीक्षा भयो। र, अब कसरी अगाडि बढ्ने भन्ने विषयमा छलफल भयो', उनले भने। यसअघिको आन्दोलन प्रभावकारी भएको बैठकले निष्कर्ष निकालेको उनले बता

प्रचण्ड-माधव समूहको स्थायी कमिटी बैठक पेरिसडाँडामा बस्दै

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को विभाजित समूहमध्ये पुष्पकमल दाहाल 'प्रचण्ड' र माधवकुमार नेपाल पक्षले स्थायी कमिटी बैठक बोलाएको छ।पार्टी कार्यालय पेरिसडाँडामा दिउँसो १ बजे बस्नेगरी बैठक बोलाइएको स्थायी कमिटी सदस्य लीलामणि पोखरेलले जानकारी दिएका छन्‌। 'दिउँसो १ बजेका लागि पेरिसडाँडामा बैठक बोलाइएको छ। बैठकमा दोस्रो चरणको आन्दोलनको बारेमा छलफल हुन्छ,' उनले भने। शनिबार दाहाल-नेपाल समूहले प्रधानमन्त्री केपी शर्मा ओली र सरकारविरुद्ध दोस्रो चरणको आन्दोलन घोषण

प्रचण्ड-माधव पक्षलाई ओली नेकपाको आग्रह- आन्दोलनको औचित्य छैन, फिर्ता लिनुस्

काठमाडौं । नेकपा केपी ओली समूहका प्रवक्ता प्रदीप ज्ञवालीले प्रचण्ड-माधव समूहले घोषणा गरेको आन्दोलन फिर्ता लिन