ओली कदमकाे विराेधमा बयलगाडा प्रदर्शन गर्दै अनेरास्ववियू

नेकपा प्रचण्ड–माधव समूहनिकट अनेरास्ववियूका नेताले प्रधानमन्त्री केपी ओलीले संसद भंग गरेको विरोधमा दोस्रो चरणको आन्दोलन घोषणा गरेका छन्

सम्बन्धित सामग्री

विराटनगरमा बलयगाडा जुलुस

विराटनगर । प्रधानमन्त्री केपी शर्मा ओलीको विरोधमा आइतबार विराटनगरमा बयलगाडा जुलुस निकालिएको छ । अनेरास्ववियू

ओलीलाई व्यंग्य गर्दै धनगढीमा बयलगाडा जुलुस

२६ पुस, कैलाली । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा संसद विघटन गरिएको बिरोधमा धनगढीमा बयलगाडासहित जुलुस निकालिएको  छ । ओलीले असंवैधानिक ढंगले संसद् विघटन गरेको र देशमा अस्थिरता निम्ताएको भन्दै नेकपा प्रचण्ड–नेपाल समूहको अनेरास्ववियू जिल्ला कमिटी कैलालीले प्रदर्शन गरेको हो । धनगढीको क्याम्पस चोकदेखि पार्क मोडसम्म बयलगाडा जुलुस निकालिएको थियो । प्रदर्शनमा सहभागीहरूले प्रधानमन्त्री ओलीविरुद्ध […]

धनगढीमा बयलगाडा र्‍याली (फोटोफिचर)

संसद विघटनको विरोधमा धनगढीमा वयलगडा जुलुस गरिएको छ। धनगढीको क्याम्पस चोकबाट अहिले बयलगाडा र्‍याली सुरु गरिएको हो। प्रचण्ड-माधव समूहले गाउँ गाउँबाट बयलगाडा लिएर धनगढीमा वयलगाडा जुलुस गरेका हुन्। बयलगाडा र्‍याली क्याम्पस रोडबाट सुरु भएको छ। र्‍याली बजार परिक्रमा पश्चात् पार्कमोडमा समापन हुने अनेरास्ववियू कैलाली सहसंयोजक समीर जोशीले बताए।

प्रतिनिधि सभा विघटन विरुद्ध कैलालीमा बयलगाडा र्याली

कैलाली । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गरेको विरोधमा अनेरास्ववियु कैलालीले आइतबार ‘बयलगाडा र्‍याली’ निकालेको छ । नेकपाको प्रचण्ड–माधव समूहका अनेरास्ववियू जिल्ला कमिटी कैलालीले आइतबार धनगढीमा बयलगाडा सहित विरोध प्रदर्शन गरेको हो ।  धनगढीको क्याम्पस चोकबाट शुरु भएको बयलगाडा र्‍याली पार्कमोड पुगेर कोणसभामा भएको बताइएको छ ।

विद्यार्थीको व्यंग्य–लोकतन्त्र स्वाहा ! बयलगाडा स्वाहा !

१३ पुस, काठमाडौं । संसद विघटनको विरोधमा विद्यार्थीहरूले काठमाडौंमा ‘स्वाहा’ कार्यक्रम आयोजना गरेका छन् । प्रतिनिधिसभा पुनर्स्थापनाको माग राखेर आन्दोलनरत नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड–माधवकुमार नेपाल पक्षधर अनेरास्ववियू वाल्मिकी क्वाम्पस समितिले सोमबार व्यंग्यात्मक …