काठमाडौं : नेकपा स्थायी कमिटी सदस्य तथा ऊर्जामन्त्री टोपबहादुर रायमाझीले नेकपा अध्यक्षद्धय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल पदको पछि लाग्दा सडकमा पछारिन पुगेको बताएका छन्। ओली समूहले बुटवलमा गरेको भेलालाई सम्बोधन गर्दै उनले भने, ‘पार्टी फुटाएर सडकमा भौतारिरहेका व्यक्तिले भ्रम छरिरहेका छन्। यो कुनै मांसाहारी आन्दोलन होइन। त्यो जनतालाई भ्रमबाट चिर्नका लागि गरेको भेला हो।’‘पार्टीबाट फुटेर गएकाले ७७ जिल्लाबाट काठमाडौं जम्मा गरेर हामीलाई देखाउन खोज्नुभयो। लुम्बिनी प्रदे