काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी नेकपाको प्रचण्ड–माधव समूहको स्थायी कमिटी बैठकले आन्दोलनलाई थप सशक्त बनाउने निर्णय गरेको छ।आज पार्टी कार्यालय पेरिस डाँडामा बसेको बैठकमा आन्दोलनलाई कसरी प्रभावकारी रुपमा लैजाने भन्ने विषयमा छलफल भएको स्थायी कमिटी सदस्य रघुजी पन्तले जानकारी दिए। 'आजको बैठक यसअघिको सरकार विरुद्धको आन्दोलनको विषयमा समीक्षा भयो। र, अब कसरी अगाडि बढ्ने भन्ने विषयमा छलफल भयो', उनले भने। यसअघिको आन्दोलन प्रभावकारी भएको बैठकले निष्कर्ष निकालेको उनले बता