काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को विभाजित समूहमध्ये पुष्पकमल दाहाल 'प्रचण्ड' र माधवकुमार नेपाल पक्षले स्थायी कमिटी बैठक बोलाएको छ।पार्टी कार्यालय पेरिसडाँडामा दिउँसो १ बजे बस्नेगरी बैठक बोलाइएको स्थायी कमिटी सदस्य लीलामणि पोखरेलले जानकारी दिएका छन्। 'दिउँसो १ बजेका लागि पेरिसडाँडामा बैठक बोलाइएको छ। बैठकमा दोस्रो चरणको आन्दोलनको बारेमा छलफल हुन्छ,' उनले भने। शनिबार दाहाल-नेपाल समूहले प्रधानमन्त्री केपी शर्मा ओली र सरकारविरुद्ध दोस्रो चरणको आन्दोलन घोषण