ललितपुर – ललितपुर जावलाखेलस्थित अल्का अस्पतालमा ९७ वर्षीया एक वृद्धाको हिमीआर्थाेप्लास्टीको शल्यक्रिया सफल रुपमा गरिएको छ। ललितपुर खोकनाकी ९७ वर्षीया गणेशमाया शाहीको हिमीआर्थाेप्लास्टी अर्थात कम्मरको आधा जोर्नी फेर्ने शल्यक्रिया सफल भएको हो। चिकित्सक शिवचन्द्र अमात्यको टोलीले शाहीलाई हाई केयरमा राखेर हिमीआर्थोप्लास्टिीको शल्यक्रिया गरेको अस्पतालले जनाएको छ। मुटुका बिरामीसमेत रहेका शाहीको उच्च सावधानी अपनाएर गरिएको शल्यक्रिया […]