३१ असार, काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टिमकी फरवार्ड सावित्रा भण्डारीको घुँडाको सफल शल्यक्रिया भएको छ । कतारको दोहास्थित अप्सटर हस्पिटलमा बिहीबार सावित्राको घुँडाको शल्यक्रिया सम्पन्न भएको हो । सावित्राले सामाजिक सञ्जाल फेसबुकबाट आफ्नो शल्यक्रिया सफल भएको जानकारी दिएकी छन् । कतार फुटबल संघसँगको सहकार्यमा अखिल नेपाल फुटबल संघ (एन्फा)ले सावित्राको उपचार कतारमा गर्ने […]