काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय क्रिकेट टोलीका स्पिनर ललितनारायण राजवंशीले खुट्टाको घुँडामा लागेको चोटको सफल शल्यक्रिया भएको छ । आइतबार ललितपुरको ग्वार्कोमा रहेको भएको बि एण्ड बी अस्पतालमा विहान १० बजे सफल शल्यक्रिया भएको हो । अहिले अवस्था सामान्य रहेको ललितले हाम्रो खेलकुदलाई जानकारी दिए । ललितको शल्यक्रिया चिकित्सक अमित जोशी टोलीले गरेको थियो । […]