३१ असोज, जनकपुरधाम। मधेश प्रदेशमा नयाँ सरकार गठनबारे नेकपा एमाले र जसपा नेपालबीच छलफल भएको छ ।
एमाले अध्यक्ष केपी शर्मा ओली, जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव सहित दुवै पार्टीका नेताहरुले आज छलफल गरेका हुन् ।
छलफलमा …
सहरतिरको कोलाहलमा फर्किन हामी ढिलो भइसकेको छ!
-
घाम लाग्दै छ। अब घामका फिँजरूपी हातहरूले काम गर्नेछन्। जे भूमरी पार्नुपर्ने हो, उनैले गर्नेछन्। पृथ्वीमा ऊर्जा छ्यालब्याल हुनेछ।
उज्यालोमा बिरूवाहरू कति दंग पर्छन्! पातहरूले भान्छा तयार गर्न पाउनेछन्। कीरा, मौरी, पुतली र चराको नाचगान सुरू हुनेछ।
हामीलाई त्यो सबै नियाल्न कहाँ समय छ र? हामी हतारमा छौं।
हनुमानढोकाको दसैँघरमा भित्र्याइयो फूलपाती प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल सप्तमीका दिनमा मनाइने फूलपाती पर्व घर घरमा शास्त्रीय विधिअनुसार शुभ साइतको प्रतीक फूलपाती भित्र्याइएको छ । यसै अवसरमा काठमाडौंको हनुमानढोकाको दसैँघरमा पनि फूलपाती भित्र्याइएको छ । गोरखा दरबारस्थित दसैँघरबाट काठमाडौँको हनुमानढोका दरबारका लागि पठाइएको फूलपाती भित्र्याइएको हो । तत्कालीन गोरखाका राजा पृथ्वीनारायण शाहले काठमाडौँको हनुमानढोका […]
एजेन्सी । अस्ट्रेलियाका अनुसन्धानकर्ताहरूले मंगल ग्रहको माटोको पहिलो विस्तृत वर्गीकरण प्रणाली र नक्सा तयार गरेका छन् । यसले भविष्यमा मंगल ग्रहमा अन्वेषण, मानव बस्ती स्थापना तथा खाद्य उत्पादनका लागि सम्भावित स्थान पहिचान गर्न वैज्ञानिकहरूलाई सहयोग पुग्ने अपेक्षा गरिएको छ । अस्ट्रेलियाको सिड्नी विश्वविद्यालयद्वारा जारी विज्ञप्तिअनुसार, अनुसन्धानकर्ताहरूले मंगल ग्रहका करिब ८० करोड स्थानलाई वर्गीकरण गर्दै माटोका […]
अमेरिकामा गाडीका नम्बर प्लेट र स्थान ट्र्याक गर्ने स्वचालित लाइसेन्स प्लेट रिडर तथा ‘फ्लक’ क्यामेराको बढ्दो प्रयोगले नागरिकको गोपनीयतामा गम्भीर असर पारेको भन्दै चौतर्फी चिन्ता व्यक्त हुन थालेको छ। यसैबीच, यो सम्भावित जोखिमलाई रोक्न एक रिपब्लिकन सांसदले नियन्त्रणमुखी विधेयक संसद्मा पेश गरेका छन्। नर्थ क्यारोलिनाका रिपब्लिकन सांसद प्याट ह्यारिगनले बिहीबार दर्ता गराएको विधेयकमा सवारी साधनमा […]