३३ किलो सुन लुटिएपछि गोरे नै परेका थिए अपहरणमा

गृह मन्त्रालयले बनाएको छानबिन समितिले पछिल्ला पाँच वर्षमा झन्डै ३८ क्विन्टल तस्करीको सुन नेपाल भित्रिएको निष्कर्ष निकालेको छ। यो तस्करीका मुख्य पात्र हुन्, मोरङका चुडाणि उप्रेती उर्फ गोरे। दुबई प्रहरीको जागिर छोडेर सुन तस्करीमा लागेका गोरे पछिल्लो समय फरार छन्। उनले दिएको यातनाबाट सुन भरिया सनम शाक्यको मृत्यु भएपछि गोरे फरार भएका हुन्। सनमलाई यातना…

सम्बन्धित सामग्री

गोलघरभित्र के गर्दैछन् गोरे ?

२८ भदौ, काठमाडौं । केन्द्रीय कारागार सुन्धाराभित्र कैद सजाय काटिरहेका साढे ३३ किलो सुन प्रकरणका आरोपी चुडामणि उप्रेती ‘गोरे’ केन्द्रीय कारागारको गोलघरभित्र छन् । कारागारको मध्यभागमा रहेको गोलघरभित्र १० वटा कोठा छन् । त्यहीमध्ये एउटामा बस्दै आएका गोरे दिउँसो प्रायः बाहिर निस्किन्छन् । गोलघरभित्र रहेको आन्तरिक प्रशासनको अनुमतिमा बाहिर निस्किएर उनले कर्तव्य ज्यान मुद्दाका आरोपी […]

गोलघरभित्र के गर्दैछन् गोरे ?

३ भदौ, काठमाडौं । साढे ३३ किलो सुन तस्करी प्रकरणका मुख्य आरोपी चुडामणि उप्रेती ‘गोरे’ अहिले केन्द्रीय कारागारको गोलघरमा छन् । जेलबाट भाग्न सक्ने, झगडा गर्न सक्ने विश्लेषण गरिएका पेशेवर अपराधीहरुलाई गोलघरमा राखिन्छ । गोलघरमा राखिने व्यक्तिले बाहिरका कैदीबन्दीलाई पनि भेट्न नपाउने केन्द्रीय कारागारका जेलर डोलेन्द्र निरौला बताउँछन् । गोरे, सुन तस्करीका नाइके मानिन्छन् । […]

साढे ३३ किलो सुन तस्करी प्रकरण : गोरेका भाइ २ लाख धरौटीमा छुटे

साढे ३३ किलो सुन तस्करी प्रकरणका मुख्य अभियुक्त ‘गोरे’ का भाइ रमेश उप्रेती दुई लाख रुपैयाँ धरौटीमा छुटेका छन् । जिल्ला अदालत मोरङका न्यायाधीश भरत लम्सालको इजलासले बिहीबार दुई लाख धरौटीमा छाड्न आदेश दिएको हो।  थुनछेक बहसपछि लम्सालको इजलासले दुई लाख धरौटीमा छाड्ने आदेश दिएको मोरङ अदालतका सूचना अधिकारी हेम बहादुर बुढाथोकीले जानकारी दिए । युएई बस्दै आएका रमेश मङ्गलबार नेपाल आउने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका थिए । प्रहरीले बुधबार अदालतमा उपस्थित गराएको थि

३३ किलो सुन तस्करीमा संलग्न ‘गोरे’का भाइ विमानस्थलबाट पक्राउ

३३ किलो सुन तस्करीका मुख्य आरोपी चूडामणि उप्रेती ‘गोरे’को भाइलाई प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको छ । मंगलबार दुवईबाट एयर अरेबियाको विमानमार्फत काठमाडौं ओर्लिएका रमेश उप्रेतीलाई पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयका एकजना उच्च अधिकृतले रातोपाटीलाई बताए । मोरङको उर्लाबारी नगरपालिका–७ घर भई दुबई बस्दै आएका रमेश ३३ किलो सुन तस्करी मुद्दामा फरार थिए ।२०७४ माघमा चूडामणि उप्रेती ‘गोरे’ को समुहले दुबईबाट ल्याएको ३३ किलो सुन त्रिभुवन विमानस्थलबाट

३३ किलो सुन तस्करीमा फरार ‘गोरे’ समूहका एकजना पक्राउ

त्रिभुवन विमानस्थलबाट पास गरिएको ३३ किलो सुन तस्करी प्रकरणमा फरार रहेका एकजनालाई प्रहरीले पक्राउ गरेको छ । नेपाल प्रहरीको इन्टरपोल शाखाले आइतबार त्रिभुवन विमानस्थलबाट कृष्णगोपाल अग्रवाललाई पक्राउ गरेको प्रहरी प्रवक्ता एसएसपी बसन्त कुँवरले रातोपाटीलाई बताए । दुबईमा बस्दै आएका अग्रवाललाई अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल)को सूचनाका आधारमा पक्राउ परेका हुन् ।झापाको शिवगञ्ज घर भएका ५० वर्षीय अग्रवाललाई प्रहरीले २०७५ साउन ८ मा रेड नोटिस जारी गरेको थियो । सुन तस्कर चूडामणि उप्रेती ‘गोर

३३ किलो सुन प्रकरणका आरोपी अग्रवाल पक्राउ

३३ किलो सुन प्रकरणका मुख्य नाइने गोरे (चुडामणि उप्रेती) समूहमा रहेर आपराधिक कार्य गरेको आरोपमा ५० वर्षीय कृष्ण गोपाल अग्रवाललाई प्रहरीले पक्राउ गरेको छ। उनीमाथि इन्टरपोलबाट रेड नोटिस जारी भएको...

जेलैमा हो जेलैमा गोरे जेलैमा!

त्रिभुवन विमानस्थलबाट बाहिरिएको ३३ किलो सुन अझै पत्ता लाग्न सकेको छैन। तर प्रकरणमा जिल्ला अदालत मोरङले झन्डै चार वर्षपछि फैसला सुनाउँदै ७७ जना प्रतिवादीमध्ये ८ जनलाई मात्र सजाय तोकेको छ। अदालते ४८ जनालाई सफाई दिएको छ। सुन प्रकरणका मुख्य योजनाकार भनिएका चुडामणि उप्रेती (गोरे)सँगै टेकराज मल्ल ठकुरी, भोजराज भण्डारी, मोहन काफ्ले,…

अदालतको निष्कर्ष : ३३ किलो सुन ‘टाई टाई फिस’

चार वर्ष पहिलेदेखि अधिक चर्चामा आएको साढे ३३ किलो सुन तस्करी प्रकरण अन्ततः पुष्टि हुन हुन नसकेपछि ‘टाई टाई फिस’ भएको छ । सुन तस्करी पुष्टि नभएपछि मोरङ जिल्ला अदालतले ‘तस्करी’को आरोप लागेका सबैलाई सफाइ दिएको छ । चूडामणि उप्रेती ‘गोरे’ सहितका ८ जनाले भने सनम शाक्यको हत्यामा सजायँ पाएका छन्, सुन तस्करीमा होइन । यससँगै साढे ३३ किलो सुन तस्करी प्रकरणको पटाक्षेप भएको छ ।२०७४ चैत्र २० गते मन्त्रिपरिषद्को निर्णयबाट सहसचिव ईश्वरराज पौडेलको नेतृत्वमा गठन भएको छानविन समि

३३ किलो सुन प्रकरण र सनम हत्या प्रकरणमा गोरेलाई जन्मकैद

मोरङ-  ३३ किलो सुन तस्करी र सनम शाक्य हत्या मुद्दामा मोरङ जिल्ला अदालतले मंगलबार गोरे भनिने चुडामणि उप्रेतीलाई जन्मकैदको फैसला सुनाएको छ। न्यायाधीश भरत लम्सालको इजलासले गोरेलाई जन्मकैदको फैसला सुनाएको हो। यस मुद्दामा लामो समयदेखि मोरङ अदालतमा सुनुवाइ भइरहेको थियो।

३३ किलो सुन काण्डमा गोरेलाई जन्मकैदको सजाय

साढे ३३ किलो सुन तस्करी र सनम शाक्य हत्या मुद्दामा जिल्ला अदालत मोरङले चुडामणि उप्रेती ‘गोरे’ लाई जन्मकैदको  सजाय सुनाएको छ।