त्रिभुवन विमानस्थलबाट पास गरिएको ३३ किलो सुन तस्करी प्रकरणमा फरार रहेका एकजनालाई प्रहरीले पक्राउ गरेको छ । नेपाल प्रहरीको इन्टरपोल शाखाले आइतबार त्रिभुवन विमानस्थलबाट कृष्णगोपाल अग्रवाललाई पक्राउ गरेको प्रहरी प्रवक्ता एसएसपी बसन्त कुँवरले रातोपाटीलाई बताए । दुबईमा बस्दै आएका अग्रवाललाई अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल)को सूचनाका आधारमा पक्राउ परेका हुन् ।झापाको शिवगञ्ज घर भएका ५० वर्षीय अग्रवाललाई प्रहरीले २०७५ साउन ८ मा रेड नोटिस जारी गरेको थियो । सुन तस्कर चूडामणि उप्रेती ‘गोर