चितवन: नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले सभामुख र उपसभामुख एउटै पार्टीको भएसम्म काँग्रेसको आन्दोलन जारी रहने बताएका छन्।
आज पत्रकारसँग कुराकानी गर्दै देउवाले भने, “सभामुख र उपसभामुखमध्ये एउटा छोड्नैपर्छ उहाँहरुले यो हाम्रो मुख्य माग हो।” डा गोबिन्द केसीसँग भएको सहमति स्वागतयोग्य भएको भन्दै उहाँले कार्यान्वयन गर्न सरकारलाई सुझाव दिए।