गठबन्धन दललाई सभामुख र उपसभामुख भागवण्डा गरेर लिन नैतिकताले दिँदैन : एमाले

नेकपा एमालेले सत्ता गठबन्धन दललाई सभामुख र उपसभामुख भागवण्डा गरेर लिन नैतिकताले नदिने बताएको छ । शुक्रबार प्रतिनिधिसभाको बैठकमा उपसभामुखको निर्वाचन प्रक्रिया सहभागी हुँदै एमाले सांसद शान्ता चौधरीले संवैधानिक व्यवस्थाको हिसावले पनि उपसभामुख प्रतिपक्ष दललाई दिनुपर्ने बताइन् ।उनले भनिन्– ‘नेपालको संविधानको धारा ९१ अनुसार प्रतिनिधि सभाको सभामुख र उपसभामुख मध्ये एकजना महिला हुनेगरी गर्नुपर्छ र फरक फरक दलको प्रतिनिधि हुनुपर्छ भन्ने व्यवस्था गरिएको छ । हाल गठबन्धन दलको सरकार चलेको अवस्

सम्बन्धित सामग्री

कांग्रेसको ढोक्सामा पर्ला त राष्ट्रपति ?

काठमाडौं। संवैधानिक निकायका पदहरु राष्ट्रिय सहमतिमै मिलाइने प्रधानमन्त्री प्रचण्ड तथा काँग्रेस नेताहरुको दाबीले हावा खाइसकेको छ। किनभने सभामुख र उपसभामुख गठबन्धनकै भागवण्डा अनुसार चयन भए। काँग्रेस नेताहरुको योजना पनि पूरा भएन। किनभने उनीहरु गठबन्धन टुटाउने दाउमा थिए। तर, खेल अझै सकिएको छैन। राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन हुनै बाँकी छ।जसमा काँग्रेस सभापति शेरबहादुर देउवाले अन्तिम तर निर्णायक चाल चल्ने निश्चित छ।

कर्णाली प्रदेशसभाको नेतृत्वमा दुई महिला

सुर्खेत । संघीयतापछिको संसदीय इतिहासमा यो पटक कर्णाली प्रदेशसभाको नेतृत्व महिलाले पाएका छन् । सभामुख र उपसभामुख दुवै पदमा महिला पुगेका हुन् । आइतबार भएको प्रदेशसभा सभामुखको निर्वाचनमा नेकपा एमालेबाट नन्दा गुरुङ सभामुख बनेकी हुन् भने बुधबार उपसभामुख पदका लागि भएको निर्वाचनमा नेकपा माओवादी केन्द्रबाट यशोदा न्यौपाने ‘पुर्णिमा’ निर्वाचित भइन् । सत्ता गठबन्धनमा भएको भागवण्डा अनुुसार सभामुख एमाले र उपसभामुख माओवादी केन्द्रले पाएको थियो । अब पाँच वर्ष कर्णाली प्रदेशसभालाई यी दुई महिलाले हाँक्ने छन् । ४० सदस्यीय प्रदेशसभामा नेकपा माओवादी केन्द्रका १३, एमालेका सभामुखसहित १०, नेपाली कांग्रेसका १४, राप्रपा र नेकपा एकीकृत समाजवादीका १÷१ तथा एक जना स्वतन्त्र...