उपसभामुख नै पार्टीको केन्द्रीय समितिमा

सभामुख र उपसभामुख बन्न सांसद हुनुपर्छ। तर, जब कुनै पार्टीको सांसद सभामुख वा उपसभामुख निर्वाचित हुन्छ तब तत्कालै दलीय आवद्धताबाट अलग हुनुपर्छ। संसद्को साझा नेता बन्नुपर्छ। संघीय संसद्देखि प्रदेशसभाको अभ्यास र परम्परा यही हो। तर, मधेस प्रदेशकी उपसभामुखले भने यस व्यवस्थाको उल्लंघन गरेकी छन्।मधेस प्रदेशकी उपसभामुख उपमा देव जसपाको केन्द्रीय समितिमा बसेकी छन्। वीरगन्जमा सम्पन्न जसपाको केन्द्रीय कार्यसमितिको निर्णयलाई आइतबार जारी गरिएको परिपत्रमा देवको नाम केन्द्रीय सदस्यको ६७ नम्बरमा राखिएको छ।संघीय प

सम्बन्धित सामग्री

नवनिर्वाचित उपसभामुख रानाले आज पद तथा गोपनीयताको शपथ लिने

काठमाण्डाै - प्रतिनिधि सभाका नवनिर्वाचित उपसभामुख इन्दिरा रानामगरले दलीय आबद्धताबाट अलग भएको घोषणा गर्नुभएको छ । प्रतिनिधि सभाको अस्ति ७ गतेको बैठकबाट निर्वाचित भएपछि उहाँले उपसभामुख पदको भूमिकालाई स्वतन्त्र, निष्पक्ष, मर्यादित र विश्वासनीय बनाउन त्यो पदमा रहुञ्जेल पार्टीको सम्पूर्ण राजनीति र साङ्गठनिक जिम्मेवारीबाट अलग रहेको घोषणा गर्नुभएको हो । गएको मङ्सिर ४ गते भएको प्रतिनिधि सभा सदस्य चुनावमा उहाँ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट निर्वाचित हुनुभएको थियो । उहाँले आजै उपसभामुख पदको शपथ लिँदै हुनुहुन्छ ।

उपसभामुख रानाद्वारा पार्टीको जिम्मेवारीबाट अलग भएको घोषणा

काठमाडौँ - प्रतिनिधि सभा उपसभामुख इन्दिरा रानाले पार्टीको राजनीतिक तथा सांगठनिक जिम्मेवारीबाट अलग भएको घोषणा गरेकी छन् । पदको भूमिकालाई स्वतन्त्र, निष्पक्ष, मर्यादित तथा विश्वसनीय बनाउन रानाले पार्टीको राजनीतिक तथा सांगठनिक जिम्मेवारीबाट अलग भएको घोषणा गरेकी हुन् । ‘यस पदको भूमिकालाई स्वतन्त्र, निष्पक्ष, मर्यादित तथा विश्...

नयाँ जीवन र नयाँ भविष्य दिने इन्दिरा उपसभामुख हुँदा पदको शोभा बढ्छः सांसद गौतम

शनिबार बसेको प्रतिनिधि सभाको बैठकमा गौतमले पार्टीको तर्फबाट रानालाई उपसभामुख बनाउने प्रस्ताव राखेकी हुन्। उक्त प्रस्तावमा नेकपा एमालेका सांसद कृष्णगोपाल श्रेष्ठ समर्थक छन्।...

सुदूरपश्चिम प्रदेश सरकारबारे निर्णय गर्न नागरिक उन्मुक्तिले माग्यो २४ घण्टा समय

२५ पुस, काठमाडौं । नागरिक उन्मुक्ति पार्टीले सुदूरपश्चिम सरकारमा पार्टीको सहभागिताबारे निर्णय गर्न २४ घण्टाको समय मागेको छ । सत्ता साझेदार दलका शीर्ष नेताहरुको आइतबार बसेको बैठकले सातै प्रदेशको मुख्यमन्त्री, सभामुख र उपसभामुख भागबन्डा गरेको थियो । जसमा नागरिक उन्मुक्तिलाई सुदूरपश्चिम प्रदेशको उपसभामुख लिन प्रस्ताव गरिएको थियो । सुदूरपश्चिममा सरकार गठनमा निर्णायक बनेको नागरिक उन्मुक्तिले […]

कांग्रेसको प्रमुख सचेतकमा चित्रलेखा यादव नियुक्त

काठमाडौं :  नेपाली कांग्रेस संसदीय दलका नेता एवं सभापति शेरबहादुर देउवाले पार्टीको प्रमुख सचेतकमा चित्रलेखा यादवलाई नियुक्त गरेका छन्।सभापति देउवाले पार्टीको प्रमुख सचेतकमा यादव र सचेतकमा मीनबहादुर विश्वकर्मालाई नियुक्त गरेका हुन्।यसअघि प्रमुख सचेतकमा रहेका बालकृष्ण खाण गृहमन्त्री भएपछि रिक्त भएको पदमा यादव र पार्टीको सचेतक रहेकी पुष्पा भुसाल उपसभामुख नियुक्त भएपछि रिक्त रहेको पदमा विश्वकर्मालाई नियुक्त गरिएको हो।

उपसभामुख चयनबारे निर्णय लिन लोसपा संसदीय दलको बैठक बस्दै

काठमाडौँ – प्रतिनिधिसभाको उपसभामुखमा कसलाई सघाउने भन्नेबारेमा निर्णय लिन लोकतान्त्रिक समाजवादी पार्टीको संसदीय दलको बैठक बस्दैछ। दिउँसो २ बजे संसद भवन नयाँ बानेश्वरमा बैठक बस्ने लोसपा सांसद विमलप्रसाद श्रीवास्तवले देशसञ्चारलाई जानकारी दिए। उपसभामुख पदका लागि आज मतदान हुने भए पछि त्यसअघि निर्णय लिन बैठक बस्न लागेको हो। उपसभामुखमा कुन उम्मेदवारलाई साथ दिने भन्ने बिषयमा केन्द्रीय […]

संवैधानिक परिषदमा नेपालकाे पार्टीको पनि उपस्थिति हुने, तुलसी थापाले गुमाइन् अवसर

काठमाडौँ – माधव नेपाल नेतृत्वको एकीकृत समाजवादी (एस) ले उपसभामुख पाउने भएको छ। बुधबार निर्वाचन आयोगबाट एमाले विभाजन भई नयाँ पार्टीको मान्यता पाएसँगै नेकपा एसले राज्यका महत्वपूर्ण निकायमा आफ्नो उपस्थिति जनाउने भएको हो। उपसभामुख संवैधानिक परिषद्को सदस्यसमेत रहने भएकाले नेपाल नेतृत्वको पार्टीले उक्त पदमा दाबी गरेको हो। नेकपा एसका एक नेताले आफूले ६ मन्त्रीसहित उपसभामुख […]

सभामुख र उपसभामुख एउटै पार्टीको हुनुहुदैन: सभापति देउवा

चितवन । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सभामुख र उपसभामुख एउटै पार्टीको भएसम्म काँग्रेसको आन्दोलन

उपसभामुख तुम्बाहाम्फेद्वारा राजीनामा

उपसभामुख शिवमाया तुम्बाहाङ्फेले आफू संलग्न दल नेकपा (एमाले) पार्टीको सदस्यलगायत सबै दलीय जिम्मेवारीबाट राजीनामा दिएकी छन् । उपसभामुख तुम्बाहाङ्फेले आज संघीय संसद् भवनमा पत्रकार सम्मेलन...

उपसभामुख चौधरीद्वारा पार्टीको जिम्मेवारी परित्याग

सुदूरपश्चिम प्रदेश सभाका उपसभामुख कोइलीदेवी चौधरीले नेकपा (एमाले) को सम्पूर्ण जिम्मेवारी परित्याग गर्नु भएको छ।