काठमाडौँ, १७ असार । परराष्ट्रमन्त्री तथा नेपाली कांग्रेसका नेता नारायण खड्काले चीनसँग मित्रता बढाउन नेपाली कांग्रेस प्रतिबद्ध रहेको बताएका छन् । नेपाली कांग्रेसलाई भारत र पश्चिमा मुलुकहरूसँग नजिक रहेको र चीनसँग टाढा भएको अरोप लागिरहेको बेलामा मन्त्री खड्काले चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) का विदेश विभागका प्रमुख लिउ जियानचाओसामूसँग उक्त कुरा बताएका हुन् । उक्त संवादमा […]