शुक्लाफाँटा नगरपालिका–८ चुरेफेदीको गाउँ पिलरीफाँटाका हरपाल चौधरीले तीन वर्षदेखि बर्खे बाली भित्र्याउन पाएका छैनन् । जङ्गली जनावरले खेतबारीमा पसेर धान, मकैलगायतको बाली खाइदिन थालेपछि परिवार पाल्न अन्यत्र मजदुरी गर्न जानुपरेको छ ।वन संरक्षणमा जोड दिइएपछि बिरलै देखिने वन्यजन्तु हाल खेतवारीमा देखिन थालेका छन् । एक विघा जग्गामा लगाएको धानबाली जङ्गली हात्तीले भित्र्याउन नदिने गरेको चौधरीले बताए । “हिउँद्मा सुँगुरले खेतबारीमा बसेर गहुँबालीमा क्षति पु¥याउँछ”, उनले भने, “वर्षा