सरकारले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन संशोधन गर्न प्रयोजनका लागि संसदमा दर्ता भएको विधेयकप्रति द्वन्द्व पीडितहरुले आपत्ति जनाएका छन् । दर्ता विधेयकमा न्यायको मर्मलाई नै कुठाराघात गर्ने गरी प्रावधान प्रस्ताव गरिएको उनीहरुको भनाइ छ ।द्वन्द्व पीडित साझा चौतारी, द्वन्द्व पीडित राष्ट्रिय सञ्जाल, द्वन्द्व पीडित महिला राष्ट्रिय सञ्जाल लगायत ४१ संस्थाले विधेयकप्रति असन्तुष्टि जनाउँदै कानुन, न्याय तथा संसदीय मामिला मन्त्री, कानुन, न्याय तथा मानवअधिकार समिति, राष्ट्रिय