कोरोना जोखिमको अन्त भएसँगै सुदूरपश्चिम प्रदेशको प्रसिद्ध धार्मिक तथा पर्यटकीयस्थल खप्तडमा गङ्गा–दशहरा मेला सुरु भएको छ । यस मेला भर्नका लागि नेपालका विभिन्न जिल्ला दर्शनार्थीसहित छिमेकी मुलुक भारतका नागरिकको घुइँचो लागेको छ । कोभिड १९ को प्रभावले दुई वर्षदेखि उक्त मेला लाग्न सकेको थिएन । अहिले कोरोना जोखिम अन्त भएपछि यहाँ पर्यटक तथा दर्शनार्थीको भीड बढेको स्थानीयवासीहरु बताउँछन् । कोरोना महामारीको समयमा यहाँ मेला नलागे पनि सीमित व्यक्तिहरूको उपस्थितिमा नियमित पूजाआजा भने चलिरहेको थियो