काठमाडौं : साउन शुक्लपूर्णिमा अर्थात जनैपूर्णिमाका दिन पाटनको कुम्भेश्वरमा भव्य मेला लागिरहेको छ। कुम्भेश्वरमा गोसाइँकुण्डबाट जल आउँछ भन्ने मान्यता रहेकाले आज सो स्थानमा स्नानका साथै महादेवको आरधना गर्न ठूलो सङ्ख्यामा मानिस भित्रिएका हुन्।
हिजो राति ११ बजेदेखिनै कुम्भेश्वरमा भक्तजनको भीड लागिरहेको कुम्भेश्वर टोल सुधार समितिका अध्यक्ष अरोजकुरमार खड्गीले बताए। उनले…