लहान : कार्तिक पूर्णिमाको अवसरमा सिरहा र धनुषा जिल्ला छुट्याउने कमला नदीमा अनौठो भूत मेला लागेको छ।कार्तिक पूर्णिमाका अवसरमा गरिने कमला स्नानको परम्पराले अत्यधिक भक्तालु आकर्षित गर्छ। शुक्ल पूर्णिमाका दिन कमला नदीमा स्नान गरेपछि तान्त्रिक विद्या सिद्ध हुने जनविश्वासका आधार प्रत्येक वर्ष भूत मेला लाग्ने गरेको छ।पछिल्लो समय यो परम्परालाई कतिपयले अन्धविश्वासको रुपमा समेत परिभाषित गर्दै आएका छन्। मेलाका अवसरमा सिरहा, धनुषा, महोत्तरी, सप्तरी, उदयपुर र सीमावर्ती भारतको मधुबनी, दरभं