काठमाडौं : काभ्रेको बनेपामा रहेको गोसाइकुण्डमा आज बिहानैदेखि जनै लगाउ र डोरो बाँध्न पुग्नेको घुइँचो लाग्यो। बनेपाको बुडोलमा रहेको सानो गोसाइकुण्डमा हरेक वर्ष जनै पूर्णिमाका दिन मेला लाग्ने गर्छ। तर, यसपटक भने कोरोना भाइरस संक्रमणका कारण पहिला जस्तै भिड थिएन।
वैदिक सनातन वर्णाश्रम धर्म मान्ने तागाधारीहरुले अघिल्लो दिनदेखि नै शरीर…