काठमाण्डाै – युरो कप फुटबलमा आज समूह 'ए' का दुई वटा खेल हुँदैछन् । राति पौने १० बजे हुने खेलमा इटली र वेल्स खेल्दैछन् ।
इटली यसअघि स्विजरल्यान्ड र टर्कीलाई हराएर अन्तिम १६ मा पुगिसकेको छ । आज विजयी भएमा इटली समूह विजेता बन्नेछ । वेल्सले आजको खेल जितेमा या बराबरीमा रोकिएमा पनि नकआउट चरणमा प्रदेश गर्नेछ । तर आज वेल्स इटलीसँग हारेमा र स्विजरल्यान्डले टर्कीलाई ठूलो अन्तरले हराएमा स्विजरल्यान्ड नै अन्तिम १६ मा पुग्नेछ ।
आजै राति पौने १० बजे नै स्विजरल्यान्ड र टर्की खल्दैछन् । स्विजरल्यान्ड १ अङ्क...