काठमाडौँ : अखिल नेपाल फुटबल संघ (एन्फा)ले बहराइनविरुद्ध विश्वकप छनोट फुटबल खेल्ने नेपाली टोलीको घोषणा गरेको छ।एन्फाले आज (मंगलवार) गोलकिपर किरणकुमार लिम्बुको कप्तानीमा २३ सदस्यीय टोलीको घोषणा गरेको हो। आयुष घलान, गोलकिपर दीप कार्कीलगायत खेलाडी बन्द प्रशिक्षणमा सामेल नै नभएपछि एन्फाले ६ जना नयाँ खेलाडी समेट्दै फुटबल टोलीको घोषणा गरेको हो। भरत खवासले टोलीमा पुनरागमन गरेका छन्। अजय चौधरी, अभिषेक लिम्बु, सौभाग्य राई (सन्जित) , विशाल बस्नेत, रोहन कार्की र समिर तामाङ पहिलो पटक राष्ट्रिय टोली