झापा–२ मा एमालेका देवराज घिमिरे विजयी

झापा– झापा २ बाट एमालेका देवराज घिमिरे निर्वाचित भएका छन् । घिमिरेले निकटतम् प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार भद्रप्रसाद नेपाल (स्वागत नेपाल) लाई २ हजार २ सय ५६ मतान्तरले पराजित गर्दै विजयी भएका हुन् । घिमिरेले २८ हजार ६ सय ९७ मत पाउँदा नेपालले २६ हजार ४ सय ४१ मत पाएका छन् ।

सम्बन्धित सामग्री

जब देवराज घिमिरे सभामुख निर्वाचित भएको घोषणा भयो…

काठमाडौं : प्रतिनिधिसभाले आज नयाँ सभामुख पाएको छ। नेकपा एमालेका देवराज घिमिरे बहुमत पाएर सभामुखमा निर्वाचित भए। आज प्रतिनिधिसभा बैठकको संचालन गरेका जेष्ठ सदस्य पशुपति शमशेर जबराले घिमिरे निर्वाचित भएको घोषणा गरेका हुन्। उनको घोषणा सँगै बैठकमा उपस्थित सांसदहरुले घिमिरेलाई शुभकामना दिए। खादा लगाएर सांसदहरुले उनलाई सफल कार्यकालको शुभकामना दिएका…

को हुन् सभामुख देवराज घिमिरे ?

सत्तागठबन्धनबाट सभामुखमा उम्मेदवारी दिएका एमाले सांसद देवराज घिमिरे निर्वाचित भएका छन्।  सभामुख पदको

सभामुख पदमा उम्मेदवारी दर्ता गराउन देवराज घिमिरे संसद भवनमा

सभामुख पदमा उम्मेदवारी दर्ता गराउन सांसद देवराज घिमिरे संसद भवनमा प्रवेश गरेका छन् । उनलाई सभामुखकाे लागि एमाले सांसद सुवासचन्द्र नेम्वाङले प्रस्ताव गर्नेछन् भने समर्थकमा माओवादी केन्द्रका हितराज पाण्डे, राप्रपाका...

झापा–२ मा एमालेका देवराज  घिमिरे निर्वाचित

झापा क्षेत्र नं। २ बाट प्रतिनिधिसभा सदस्यमा एमालेका देवराज घिमिरे निर्वाचित भएका छन् । घिमिरेले स्वतन्त्र उम्मेदवार भद्रप्रसाद नेपाल (स्वागत नेपाल) लाई २ हजार २ सय ५६ मतान्तरले पराजित गर्दै विजयी हात पारेका हुन्।घिमिरेले २८ हजार ६ सय ९७ मत पाउँदा नेपालले २६ हजार ४ सय ४१ मत पाए । सत्ता गठबन्धनका साझा उम्मेदवार। माओवादी केन्द्रका हरि रानाले १३ हजार ९ सय २४ मत मात्र प्राप्त गरे ।

झापा २ मा एमालेका देवराज घिमिरे विजयी

काठमाण्डाै – झापाको क्षेत्र नम्बर २ मा नेकपा एमालेका देवराज घिमिरे विजयी हुनुभएको छ । घिमिरे २८ हजार ६ सय ९७ मत ल्याएर विजयी हुनुभयो । उहाँका निटकतम प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार भद्रप्रसाद नेपालले २६ हजार ४ सय ४१ मत ल्याउनुभयो । नेकपा माओवादी केन्द्रका हरिकुमार रानाले १३ हजार ९ सय २४ र राष्ट्रिय स्वतन्त्र पार्टीका रुद्रप्रसाद गिरीले ८ हजार ७ सय ७७ मत ल्याउनुभएको छ ।

झापा २ मा एमालेका उम्मेदवार देवराज घिमिरे निर्वाचित

झापा – झापा क्षेत्र नं. २ मा एमालेका उम्मेदवार देवराज घिमिरे निर्वाचित भएका छन्। उनले स्वतन्त्र उम्मेदवार भद्रप्रसाद नेपाललाई पराजित गर्दै विजयी भएका हुन्। घिमिरेले २८ हजार ५ सय ९७ मत प्राप्त गरेका छन् । स्वतन्त्र उम्मेदवार नेपालले २६ हजार ४ सय ४१ मत प्राप्त गरेका छन् ।