काठमाडौँ । सभामुख देवराज घिमिरे शुक्रबार (आज) कम्बोडिया जाँदै छन् । सहिष्णुता र शान्तिका लागि अन्तर्राष्ट्रिय संसदको ११ औं सम्मेलन आई.पी.टी.पी.मा सहभागी हुन घिमिरे कम्बोडिया जान लागेका हुन् । कम्बोडियाको नोम पेन्ह शहरमा नोभेम्बर २३ देखि २६ सम्म अर्थात् मंसिर ८ गते देखि १० गते सम्म उक्त सम्मेलन हुँदैछ । सभामुख घिमिरे सम्मेलनमा सहभागी भएर […]
सभामुख देवराज घिमिरे प्रतिनिधिसभामा सांसदले उठाउनुभएको विभिन्न विषयमा यही फागुन २१ गतेको बैठकमा जवाफ दिन सरकारलाई निर्देशन दिनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा प्रमुख प्रतिपक्षीलगायत विपक्षी दलले समसामयिक विषयमा सरकारको जवाफ माग गरेपछि सभामुख घिमिरेले सो निर्देशन दिनुभएको हो । बैठकमा सांसद सूर्यबहादुर थापा क्षेत्री र राजेन्द्र लिङ्देनले मिटरब्याज पीडित, लघुवित्त पीडित, दुग्ध किसानका समस्या …
काठमाडौँ – नेपालबाट सुपारी निर्यात खोल्न सभामुख देवराज घिमिरे र उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजाल लागिपरेका छन्। नेपालबाट भारतमा निकासी हुने सुपारी रोकिँदै/खोलिँदै आएको अवस्थामा अहिले पुनः सुचारु गर्न सभामुख घिमिरे र उद्योगमन्त्री रिजालले तयारी अघि बढाएका हुन्। तेस्रो देशबाट आयात सुपारी नेपाल हुँदै भारतीय बजारमा पुर्याउँदा धेरै फाइदा हुने भएपछि भारतीय व्यापारीको स्वार्थमा […]
काठमाडौँ – दुवै खुट्टा नभएर पनि विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गरेका हरि बुढामगरलाई सभामुख देवराज घिमिरे र उपसभामुख इन्दिरा रानाले बधाई दिएका छन्। निवासमा सभामुखले बुढामगरलाई नेपाल र नेपालीलाई विश्वभर चिनाएको भन्दै प्रशंसा गरे। उनले भने, ‘तपाईं प्रेरणादायी व्यक्तिको सूचीमा विश्वमै कहलिनुभएको छ। तपाईंको प्रेरणाको कथा हरेक बालबालिकासम्म पुर्याउनुपर्छ। नेपालीले तपाईंप्रति गौरव गरिरहनेछन्।’ उपसभामुख […]
१७ वैशाख, काठमाडौं । संघीय संसदको सचिव पदमा डा.सुरेन्द्र अर्याल र पदमप्रसाद पाण्डेको नाम सिफारिस भएको छ । सभामुख देवराज घिमिरे र राष्ट्रियसभा अध्यक्ष गणेश तिमल्सिनाले कार्यबाहक राष्ट्रपति रामसहाय यादवलाई भेटेर सचिवको नाम बुझाएका हुन् । संसद सचिवालय स्रोतका अनुसार प्रतिनिधिसभाको सचिवमा पाण्डे र राष्ट्रिय सभाको सचिवमा अर्यालको नाम सिफारिस भएको छ । सचिवको कार्यकाल […]
काठमाडौँ – सभामुख देवराज घिमिरे आफूअनुकूल नभएको निष्कर्ष निकाल्दै सत्ता गठबन्धनले ‘सभामुख’लाई दिइँदै आएको अधिकार कटौती गर्न प्रस्ताव गरेको छ। एमाले–माओवादीको छोटो अवधिको सत्ता गठबन्धनका क्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीको चाहनामा सभामुख निर्वाचित भएका घिमिरे सत्ताअनुकूल नहुने ठहर गर्दै कांग्रेस, माओवादी केन्द्र, रास्वपा, एकीकृत समाजवादीका सांसदहरुले अधिकार कटौतीको प्रस्ताव गरेका हुन्। प्रतिनिधिसभा निवयमावली २०७९ […]