झापा २ मा एमालेका देवराज घिमिरे विजयी

काठमाण्डाै – झापाको क्षेत्र नम्बर २ मा नेकपा एमालेका देवराज घिमिरे विजयी हुनुभएको छ । घिमिरे २८ हजार ६ सय ९७ मत ल्याएर विजयी हुनुभयो । उहाँका निटकतम प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार भद्रप्रसाद नेपालले २६ हजार ४ सय ४१ मत ल्याउनुभयो । नेकपा माओवादी केन्द्रका हरिकुमार रानाले १३ हजार ९ सय २४ र राष्ट्रिय स्वतन्त्र पार्टीका रुद्रप्रसाद गिरीले ८ हजार ७ सय ७७ मत ल्याउनुभएको छ ।

सम्बन्धित सामग्री

झापा–२ मा एमालेका देवराज  घिमिरे निर्वाचित

झापा क्षेत्र नं। २ बाट प्रतिनिधिसभा सदस्यमा एमालेका देवराज घिमिरे निर्वाचित भएका छन् । घिमिरेले स्वतन्त्र उम्मेदवार भद्रप्रसाद नेपाल (स्वागत नेपाल) लाई २ हजार २ सय ५६ मतान्तरले पराजित गर्दै विजयी हात पारेका हुन्।घिमिरेले २८ हजार ६ सय ९७ मत पाउँदा नेपालले २६ हजार ४ सय ४१ मत पाए । सत्ता गठबन्धनका साझा उम्मेदवार। माओवादी केन्द्रका हरि रानाले १३ हजार ९ सय २४ मत मात्र प्राप्त गरे ।

झापा २ मा एमालेका घिमिरे निर्वाचित

काठमाडौं : झापा क्षेत्र नम्बर २ मा नेकपा एमालेका देवराज घिमिरे निर्वाचित भएका छन्। उनी २८ हजार ६९७ मत पाएर विजयी भएका हुन्। उनका निकटतम प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार स्वागत नेपालले २६ हजार ४४१ मत प्राप्त गरेका छन्।

झापा–२ मा एमालेका देवराज घिमिरे विजयी

झापा– झापा २ बाट एमालेका देवराज घिमिरे निर्वाचित भएका छन् । घिमिरेले निकटतम् प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार भद्रप्रसाद नेपाल (स्वागत नेपाल) लाई २ हजार २ सय ५६ मतान्तरले पराजित गर्दै विजयी भएका हुन् । घिमिरेले २८ हजार ६ सय ९७ मत पाउँदा नेपालले २६ हजार ४ सय ४१ मत पाएका छन् ।

झापा २ मा एमालेका उम्मेदवार देवराज घिमिरे निर्वाचित

झापा – झापा क्षेत्र नं. २ मा एमालेका उम्मेदवार देवराज घिमिरे निर्वाचित भएका छन्। उनले स्वतन्त्र उम्मेदवार भद्रप्रसाद नेपाललाई पराजित गर्दै विजयी भएका हुन्। घिमिरेले २८ हजार ५ सय ९७ मत प्राप्त गरेका छन् । स्वतन्त्र उम्मेदवार नेपालले २६ हजार ४ सय ४१ मत प्राप्त गरेका छन् ।

झापा-२ मा एमालेका देवराजको अग्रता, पछ्याउँदै स्वतन्त्र उम्मेदवार नेपाल

६ मंसिर, झापा । झापा क्षेत्र नम्बर २ मा नेकपा एमालेका देवराज घिमिरे ९ हजार ३२५ मतसहित अग्रस्थानमा छन् । स्वतन्त्र उम्मेदवार स्वागत नेपाल (भद्रप्रसाद नेपाल) ले ८ हजार ११६ मतसहित उनलाई पछ्याइरहेका छन् । सत्ता गठबन्धनका उम्मेदवार नेकपा माओवादी केन्द्रका हरिकुमार रानामगर हजार ८१५ मतसहित तेस्रो स्थानमा रहेका छन् ।

अग्नि खरेललाई झापा १ मा विश्वप्रकाशसँग चुनाव लड्न प्रस्ताव

१८ असोज, काठमाडौं । नेकपा एमाले नेतृत्वले स्थायी कमिटी सदस्यद्धय देवराज घिमिरे र अग्नि खरेल दुबैलाई उम्मेदवार बनाउने विकल्पमा छलफल थालेको छ । प्रदेश इन्चार्ज घिमिरे र पूर्व महान्यायाधिवक्ता एवं कानुनमन्त्री खरेल दुबै झापा २ बाट चुनाव लड्न चाहन्छन् । दुबैको नाम सिफारिस पनि भएको छ । दुईमध्ये कसलाई टिकट दिने भन्ने निर्णय गर्न अध्यक्ष […]

झापा २ : एमालेमा मारामार, कांग्रेसभित्र भागाभाग

२९ भदौ, बिर्तामोड (झापा) । नेकपा एमालेका स्थायी कमिटी सदस्यद्वय देवराज घिमिरे र अग्नि खरेल दुबै काठमाडौंमा छन् । पार्टीको क्षेत्रीय कमिटीले प्रतिनिधिसभा सदस्यको उम्मेदवारका लागि दुई नेताको नाम सिफारिस गरेपछि सिंगो झापा २ को चासो पार्टी नेतृत्वबाट टिकट कसले ल्याउँछ भन्नेमा छ । अरु त अरु एमालेसँग प्रतिस्पर्धा गर्ने मुख्य दाबेदार नेपाली कांग्रेस समेत […]

झापा २ मा खरेलसहित चार जनाको नाम सिफारिस

२० भदौ, झापा । नेकपा एमालेमा झापा क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार बन्न अग्नि खरेलसहित चार जनाको नाम सिफारिस भएको छ । सोमबार क्षेत्रीय कमिटीले पूर्वकानुनमन्त्री खरेल, प्रदेश इञ्चार्ज देवराज घिमिरे, वहालवाला सांसद पवित्रा निरौला खरेल र बिर्तामोड नगरका पूर्वमेयर ध्रुव शिवाकोटीको नाम सिफारिस गरेको छ । ओली सरकारमा महान्यायाधिवक्ता रहेका खरेलले राजनीतिमा […]