एमालेका देवराज घिमिरे बने सभामुख, गणतन्त्रपछिको पाँचौ सभामुख पनि कम्युनिस्ट पार्टीबाटै

काठमाडौं । संघीय संसदको सभामुखमा सत्ता गठबन्धनका उम्मेदवार देवराज घिमिरे विजयी भएका छन् । बिहीवार सभामुख चयनका लागि  भएको मतदानमा घिमिरेले १६७ मत पाएका छन् । उनका प्रतिद्वन्द्वी रहेकी नेपाली कांग्रेसकी ईश्वरीदेवी न्यौपनेको पक्षमा १०० मत परेको छ ।  यो संगै गणतन्त्रको पछिको पाँचौ सभामुख पनि कम्युनिष्ट पृष्ठभूमिबाटै चयन भएका छन । प्रतिनिधिसभाका २७५ मध्ये २६८ जना सांसद मतदानमा सहभागी भएका थिए । एक जना सांसद भने तटस्थ रहे । घिमिरेलाई सभामुख बनाउनुपर्ने पक्षमा नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टीका र स्वतन्त्र सांसदहरू अमरेशकुमार सिंह, प्रभु साह र योगेन्द्र मण्डलले मतदान गरे । घिमिरेको उम्मेदवारीमाथि मतदान हुँदा उनले बहुमत पाएपछि ईश्वरीको उम्मेदवारीमाथि छलफल नै भएन । उनलाई नेपाली कांग्रेस, एकीकृत समाजवादी, लोकतान्त्रिक समाजवादी र राष्ट्रिय जनमोर्चाले समर्थन गरेका थिए । 

सम्बन्धित सामग्री

उपसभामुखलाई जिम्मा नदिई किन विदेश हिँडे सभामुख?

संसद् अधिवेशन चलिरहेका बेला उपसभामुखलाई जिम्मा नदिई १० दिनसम्म बैठक स्थगित गरेर सभामुख देवराज घिमिरे स्विजरल्यान्डको जेनेभातर्फ प्रस्थान गरेपछि संसद् सुनसान छ।...

सभामुख घिमिरे आयरल्याण्ड प्रस्थान

३१ भदौ, काठमाडौं । सभामुख देवराज घिमिरे तीन सदस्यीय प्रतिनिधि मण्डलको नेतृत्व गर्दै आइतबार साँझ आयरल्याण्ड प्रस्थान गरेका छन् । आइरिस संसदको तल्लो सदन डोयल एरियनका सभामुख सान ओ फारगेलको निमन्त्रणामा सभामुख घिमिरे एक साताका लागि आयरल्याण्डको राजधानी डब्लिन प्रस्थान गरेका हुन् । सभामुखको भ्रमण टोलीमा प्रतिनिधिसभाका सचिव पद्मप्रसाद पाण्डेय र सभामुखका प्रमुख स्वकीय सचिव […]

सभामुख घिमिरे र ट्युनिसियाका राजदूत बिलेलबीच भेटवार्ता

सभामुख देवराज घिमिरे र ट्युनिसियाका गैरआवासीय राजदूत हयात तालबी ईपी बिलेलबीच भेटवार्ता भएको छ ।

सभामुख घिमिरे : नेपाली लोकतान्त्रिक राजनीतिमा त्याग र सङ्घर्षका पर्याय

प्रतिनिधिसभाको सभामुख पदमा बिहीबार निर्वाचित देवराज घिमिरे मुलुकमा लोकतान्त्रिक शासन प्रणाली स्थापनाका लागि कठोर सङ्घर्ष गर्नुभएको निष्ठावान् राजनीतिक योद्धा हुनुहुन्छ । गत मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा उहाँ झापाको निर्वाचन क्षेत्र नं २ बाट निर्वाचित हुनुभएको हो । प्रतिनिधिसभाको आजको बैठकले उहाँलाई सभामुख पदमा निर्वाचित गरेको हो । विसं २०७८ मा चितवनमा सम्पन्न नेकपा …

जब देवराज घिमिरे सभामुख निर्वाचित भएको घोषणा भयो…

काठमाडौं : प्रतिनिधिसभाले आज नयाँ सभामुख पाएको छ। नेकपा एमालेका देवराज घिमिरे बहुमत पाएर सभामुखमा निर्वाचित भए। आज प्रतिनिधिसभा बैठकको संचालन गरेका जेष्ठ सदस्य पशुपति शमशेर जबराले घिमिरे निर्वाचित भएको घोषणा गरेका हुन्। उनको घोषणा सँगै बैठकमा उपस्थित सांसदहरुले घिमिरेलाई शुभकामना दिए। खादा लगाएर सांसदहरुले उनलाई सफल कार्यकालको शुभकामना दिएका…

को हुन् सभामुख देवराज घिमिरे ?

सत्तागठबन्धनबाट सभामुखमा उम्मेदवारी दिएका एमाले सांसद देवराज घिमिरे निर्वाचित भएका छन्।  सभामुख पदको

सभामुख पदमा उम्मेदवारी दर्ता गराउन देवराज घिमिरे संसद भवनमा

सभामुख पदमा उम्मेदवारी दर्ता गराउन सांसद देवराज घिमिरे संसद भवनमा प्रवेश गरेका छन् । उनलाई सभामुखकाे लागि एमाले सांसद सुवासचन्द्र नेम्वाङले प्रस्ताव गर्नेछन् भने समर्थकमा माओवादी केन्द्रका हितराज पाण्डे, राप्रपाका...