झापा–२ मा एमालेका देवराज  घिमिरे निर्वाचित

झापा क्षेत्र नं। २ बाट प्रतिनिधिसभा सदस्यमा एमालेका देवराज घिमिरे निर्वाचित भएका छन् । घिमिरेले स्वतन्त्र उम्मेदवार भद्रप्रसाद नेपाल (स्वागत नेपाल) लाई २ हजार २ सय ५६ मतान्तरले पराजित गर्दै विजयी हात पारेका हुन्।घिमिरेले २८ हजार ६ सय ९७ मत पाउँदा नेपालले २६ हजार ४ सय ४१ मत पाए । सत्ता गठबन्धनका साझा उम्मेदवार। माओवादी केन्द्रका हरि रानाले १३ हजार ९ सय २४ मत मात्र प्राप्त गरे ।