देउवाको पक्षमा १४६ सांसदको हस्ताक्षर जुटाएको गठबन्धनको दाबी, केहीबेरमा रिट दर्ता गरिँदै

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई संविधानको धारा ७६(५) को प्रधानमन्त्री नियुक्त गर्न माग गर्दै विपक्षी दलका १४६ सांसदले हस्ताक्षर गरेका छन् । विघटित प्रतिनिधि सभाका १४६ सांसदको हस्ताक्षरसहित नेताहरू सोमवार सर्वोच्च अदालत जाँदैछन् । यसअघि गत शुक्रवार विपक्षी गठबन्धनले १४९ सांसदको हस्ताक्षरसहित राष्ट्रपतिलाई निवेदन दिएका थिए ।  सोमवार १४६ सांसदको हस्ताक्षर संकलन गरिएको माधव नेपाल पक्षीय नेता सोमप्रसाद पाण्डेले जानकारी दिए । नेपाली कांग्रेसका ६१, माओवादी केन्द्रका ४९, माधव नेपाल पक्षका २३, जसपा उपेन्द्र या...

सम्बन्धित सामग्री

माधव नेपालसहित १४ निवर्तमान सांसदको मुद्दा हेर्न नभ्याइनेमा

माधव नेपालसहितका निवर्तमान १४ सांसदसम्बन्धी मुद्दा हेर्न नभ्याइने सूचीमा परेको छ । अग्राधिकार प्राप्त उक्त रिट सोमबार न्यायाधीशद्वय कुमार रेग्मी र हरिप्रसाद फुयालको इजलासमा परेको थियो । अघिल्लो प्रतिनिधिसभामा सांसद रहेका माधवकुमार नेपालसहित १४ सांसदको पद बहाल रहने कि नरहने भन्नेसम्बन्धी विवादमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सर्वोच्च अदालतमा रिट दर्ता गराएका थिए । आफूले कारबाही गरी पार्टी र सांसद पदबाट बर्खास्त गरिसकेका व्यक्तिलाई संसद सचिवालय र सभामुख अग्निप्रसाद सापकोटाले अर्को पा

एमालेले निष्कासन गरेका १४ सांसदको मुद्दा आज पुर्ण सुनुवाइ हुँदै

काठमाडौं, २० चैत्र । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले निष्कासन गरेका १४ जना सांसदलाई सभामुखले पदमुक्त नगरेको भन्दै सर्वोच्चमा दायर गरेको रिटमा आज पुर्ण सुनुवाई हुँदैछ । एमालेले निष्कासन गरेका प्रतिनिधिसभाका १४ जना र लुम्बिनी प्रदेशका २ जना सांसदलाई सभामुख अग्निप्रसाद सापकोटाले कारबाही नगरेको भन्दै अध्यक्ष केपी शर्मा ओलीले रिट दर्ता गरेका थिए । आजको […]

रिट दर्ता गर्न विपक्षी गठबन्धन सर्वोच्च अदालत पुग्यो

काठमाडौं। प्रतिनिधिसभा पुनर्स्थापना र कांग्रेस सभापति शेरबहादुर देउवालाई संविधानको धारा ७६ (५) अनुसार प्रधानमन्त्रीमा नियुक्तिको माग गर्दै विपक्षी गठबन्धन सर्वोच्च अदालत पुगेका छन्। १४६ सांसदको हस्ताक्षरसहित सर्वोच्च अदालत आएको कांग्रेस नेता रमेश लेखकले जानकारी दिएका छन। अदालत परिसरमा देउवासहित पुष्पकमल दाहाल, माधवकुमार नेपाल, उपेन्द्र यादव र दुर्गा पौडेललगायत रहेका छन्।

पदमुक्त भएका जसपाका चारजना सांसदको रिट सर्वोच्च अदालतमा दर्ता

काठमाडौं। लुम्बिनी प्रदेशसभा सदस्यबाट पदमुक्त भएका चारजना सांसदहरुको रिट सर्वोच्च अदालतमा दर्ता भएको छ। उनीहरुलाई उपेन्द्र यादव पक्षको कारबाहीलाई आधार मानेर वैशाख १६ गते लुम्बिनी प्रदेशका सभामुख पूर्णबहादुर घर्तीले पदमुक्त गरेका थिए। त्यसपछि उनी कानूनी लडाइँ लड्ने भन्दै सर्वोच्च अदालतमा रिट दर्ता गर्न खोजेका थिए। तर, काठमाडौंमा निषेधाज्ञाका कारण रिट दर्ता हुन सकेको थिएन।

जसपाका चार सांसदको रिट सर्वोच्चमा दर्ता भएन

काठमाडौं। जनता समाजवादी पार्टी(जसपा)ले कारबाही गरेका चार सांसदको रिट सर्वोच्च अदालतले फिर्ता गरेको छ। पार्टीको निर्णयविरुद्ध जसपाका सांसदहरू शुक्रबार रिट लिएर सर्वोच्च अदालत पुगेका थिए। अदालतको प्रशासनले लकडाउन खुलेपछि मात्र रिट दर्ता गर्न आउन भनेर फिर्ता गरिदिएको हो। कोरोना महामारीको कारण सर्वोच्च अदालतले अत्यावश्यक विषय बाहेकका मुद्दा दर्ता र सुनुवाइ नगर्ने निर्णय गरेको छ।