जसपाका चार सांसदको रिट सर्वोच्चमा दर्ता भएन

काठमाडौं। जनता समाजवादी पार्टी(जसपा)ले कारबाही गरेका चार सांसदको रिट सर्वोच्च अदालतले फिर्ता गरेको छ। पार्टीको निर्णयविरुद्ध जसपाका सांसदहरू शुक्रबार रिट लिएर सर्वोच्च अदालत पुगेका थिए। अदालतको प्रशासनले लकडाउन खुलेपछि मात्र रिट दर्ता गर्न आउन भनेर फिर्ता गरिदिएको हो। कोरोना महामारीको कारण सर्वोच्च अदालतले अत्यावश्यक विषय बाहेकका मुद्दा दर्ता र सुनुवाइ नगर्ने निर्णय गरेको छ।

सम्बन्धित सामग्री

मधेशको मुख्यमन्त्रीमा जसपाका सरोज यादव नियुक्त

काठमाडौं। मधेश प्रदेशको मुख्यमन्त्रीमा जसपाका सरोजकुमार यादव नियुक्त भएका छन्। ६३ सांसदको समथर्नमा उनी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका हुन्। बारा १ (२) बाट निर्वाचित यादवलाई आज प्रदेशप्रमुख हरिशंकर मिश्रले मुख्यमन्त्रीमा नियुक्त गरेका हुन्। एमालेका २३, जसपाका १६, जनमत १३, माओवादी ७, राप्रपा १, नागरिक उन्मुक्ति १ र २ स्वतन्त्र सांसदको समर्थनमा उनी मुख्यमन्त्री बनेका हुन्।

यी हुन् जसपाका ५ समानुपातिक सांसद

जनता समाजवादी पार्टी (जसपा) ले समानुपातिक सा.सदको टुंगो लगाएको छ । पार्टीको कार्यकारिणी समितिको बैठकले प्रतिनिधिसभाका ५ जना समानुपातिक सांसदको नाम टुंगो लगाएको हो । जसपाका नेता प्रमोद यादवले पुरुषतर्फ प्रकाश अधिकारी र सहनाज रहमानको नाम निर्वाचन आयोगसमक्ष सिफारिस भएको जानकारी दिए । यस्तै महिलामा सुशीला श्रेष्ठ, रन्जु झा र रेखा थापा यादवको नाम सिफारिस भएको उनले बताए । सो पार्टीले प्रदेशतर्फ पनि समानुपातिक सांसदको नाम टुंग्याएर आयोगलाई बुझाएको जनाइएको छ । प्रदेश १ मा निर्मला लिम्बू र

लुम्बिनी प्रदेश: जसपाका ४ सांसदको मुद्दा अन्तिम सुनुवाइ असार २१ मा

जनता समाजवादी पार्टीले कारबाही गरेका लुम्बिनी प्रदेशसभाका ४ जना सांसदको मुद्दाको अन्तिम सुनुवाइ असार २१ गते हुने भएको छ। अन्तिम सुनुवाइ नहुँन्जेल सम्म उनीहरुको सांसद पद पनि जोगीएको छ।...

जसपाको लुम्बिनीका चार सांसदको पद रहने कि नरहने? असार २१ गते अन्तिम निर्णय

काठमाडौं। जसपा लुम्बिनी प्रदेशका चार सांसदको पद रहने कि नरहने भन्ने मुद्धाको अन्तिम निर्णय असार २१मा हुने भएको छ। जसपाका छजना सांसदमध्ये ४ जनालाई उपेन्द्र पक्षले कारबाही गरेपछि पदमुक्त भएका उनीहरु सर्वाेच्चको अन्तरिम आदेशबाट पुनर्बहाली भएका थिए। न्यायाधीशद्वय दीपककुमार कार्की र हरिप्रसाद फुँयालको संयुक्त इजलासले सोमबार रिट निवेदनको संवेदनशीलतालाई विचार गरी असार २१ गते पूर्ण सुनुवाइको गर्ने आदेश दिएको हो।

१२ सांसदको हस्ताक्षरलाई मान्यता नदिन राष्ट्रपतिलाई जसपा महन्थपक्षको पत्र

काठमाडौं। जनता समाजवादी पार्टी (जसपा)का महन्थ ठाकुरपक्षले १२ जना सांसदको हस्ताक्षरलाई मान्यता नदिन राष्ट्रपति कार्यालयलाई आज पत्र पठाएको छ। जसपाको संसदीय दलका नेता राजेन्द्र महतोले प्रक्रिया पुर्‍याएर कारवाही गर्ने भन्दै राष्ट्रपति कार्यालयमा पत्र पठाएका हुन्। जसपाका उपेन्द्र यादवपक्षले प्रधानमन्त्रीमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको समर्थन गर्दै हस्ताक्षर गरेका थिए।

ओलीलाई १५३ सांसदको समर्थन रहेको दाबी

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीका राजनीतिक सल्लाहकार विष्णु रिमालले केपी शर्मा ओलीले १ सय ५३ जना सांसदको समर्थनसहित प्रधानमन्त्रीमा दाबी गरेकाे बताएका छन्। उनले ट्वीट गर्दै संविधानको धारा ७६ (५) अनुसार एमालेका १ सय २१ र जनता समाजवादी पार्टीका ३२ गरी १ सय ५३ सांसदको हस्ताक्षरसहित प्रधानमन्त्रीमा दाबी गरेका जानकारी दिएका हुन्। उनका अनुसार दाबी पत्रमा जसपाका अध्यक्ष महन्थ ठाकुर र संसदीय दलका नेता राजेन्द्र महतो तथा नेकपा एमालेका अध्यक्ष एवं संसदीय दलका नेता केपी शर्मा ओलीले ह

जसपाका चार सांसदको रिट सर्वोच्चमा दर्ता

लुम्बिनी प्रदेशका चार जना प्रदेशसभा सदस्यले दायर गरेको रिट सर्वोच्च अदालतमा दर्ता भएको छ ।  प्रदेशसभा सदस्यहरु सन्तोषकुमार पाण्डे, विजयबहादुर यादव, सुमन शर्मा रायमाझी र कल्पना पाण्डे लम्सालले आफुलाई गरिएको कारवाहीको विरुद्ध  रिट लिएर सर्वोच्च अदालतमा पुगेका थिए । सर्वोच्चको पूर्ण बैठकको निर्णय अनुसार वैशाख १९ मा सर्वोच्चले उनीहरुको रिट दर्ता नगरीकन फर्काइदिएको थियो । पुर्ण बैठकले बन्दी प्रत्यक्षीकरण र कोरोना बाहेकका सेवा स्थगन गर्ने निर्णय गरेको थियो । अहिले कोभिड र बन्दी बाहेक के