काठमाण्डाै – प्रतिनिधि सभा विघटनविरुद्ध प्रतिपक्षी दलहरूको गठबन्धन सोमवार मात्रै सर्वोच्च अदालत जाने भएको छ । आइतवार (आज) रिटको मस्यौदा तयार भए पनि केही सांसदको हस्ताक्षर र कागजात जुटाउन ढिला भएकाले भोलि मात्रै सर्वोच्चमा रिट दर्ता गरिने माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बताउनुभयो ।
उहाँले संसद् विघटनको विरुद्धमा एक सय ४९ भन्दा धेरै सांसद साथ दिन तयार भएको र भोलिसम्म यो सङ्ख्या अझै थपिने दाबी गर्नुभयो । सांसदहरूको हस्ताक्षर, नागरिकताको प्रतिलिपि लगायतका कागजात सङ्कलन गरिएको र भोलि ...