कोरोना उपचारमा सरकारको आत्मसमर्पण : ‘सरकारले जिम्मेवारी लिनुको साटो त्रास फैलायो’

काठमाडौं । काठमाडौं उपत्यकामा कोभिड–१९ को उपचार गरिरहेका निजी तथा सरकारीसहितका अस्पतालहरूले बेड भरिएको विवरण सार्वजनिक गरिरहेका छन् । यस्तो बेलामा सरकारले भने सिकिस्त बिरामीका लागि पनि शय्या उपलब्ध गराउन नसकिने भन्दै हात उठाएको छ । यसमा सर्वसाधारण तथा जनस्वास्थ्यविद्हरूले समेत आक्रोश र आपत्ति व्यक्त गरेका छन् । शुक्रवार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विज्ञप्ति निकाल्दै थेग्नै नसक्ने गरी संक्रमण बढेकाले अस्पतालमा राखेर उपचार हेरचाहका लागि शय्या उपलब्ध गराउन नसक्ने बताएको हो । मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीद्वारा जारी विज्ञप्तिमा २२ ओटा जिल्लामा कोरोना संक्रमणको दर डरलाग्दो गरी बढेकाले श्य्या उपलब्ध गराउन नसकिने भन्दै नागरिक आफै संवेदनशील हुन भनिएको छ । नेपालमा कोरोना संक्रमण र यसका कारण हुने मृत्युदर बढ्दै गएको छ । गएको १ सातामा मात्रै कोरोनाका कारण १६२ जनाको मृत्यु भएको छ भने दैनिक संक्रमित हुनेको संख्या ५ हजार नाघिरहेको छ । अघिल्लो वर्ष मङ्सिरपछि विस्तारै कोरोना संक्रमितको संख्या घट्दै गई दोहोरो अंकमा झरेकामा चैतबाट दोस्रो लहर शुरू भएको संक्रमितको संख्या तीव्र रूपमा बढ्दै गएको छ । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका संक्रामक रोग विशेषज्ञ डा. अनुप बास्तोलाका अनुसार पछिल्लो समय कोरोनाको संक्रमण द्रुतगतिमा युवा पुस्तामा समेत फैलिरहेको छ । अघिल्लो वर्ष देखिएको कोरोनामा विशेक्ष गरी वृद्धवृद्धा र दीर्घरोगी प्रभावित भएकोमा अहिले नयाँ भेरिएन्टको संक्रमण युवा र किशोरहरूमा समेत बढी नै देखिएको छ । ‘भर्खरका युवाहरू पनि गम्भीर बिरामी भएर अक्सिजनको सहायताले उपचार गर्नु परिरहेको छ, अबका केही दिन चुनौतीपूर्ण हुने भएकाले सरकार तथा नागरिक सबै मिलेर कोरोनाविरुद्ध लड्नुपर्नेछ,’ उनले भने । संक्रमण बढ्दै गएको संकटको घडीमा सरकारले शय्या उपलब्ध गराउन नसक्ने भनी गैरजिम्मेवार अभिव्यक्ति दिएकोमा चौतर्फी आलोचना भएको छ । प्रतिपक्षी दल नेपाली कांग्रेसले विज्ञप्ति निकाल्दै सरकारको उक्त अभिव्यक्तिलाई गैरजिम्मेवार बताउँदै नागरिकको जीवनप्रति खेलबाड गरेको आरोप लगाएको छ । कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माद्वारा जारी विज्ञप्तिमार्फत कांग्रेसले बेड छैन भन्नु लाचार र लज्जास्पद अभिव्यक्ति भएको भन्दै युद्धस्तरमा समाधान खोज्न अपील गरेको छ । जनस्वास्थ्यविद् डा. समीरमान दीक्षित राज्यको कुनै पनि निकायले यस्तो गैरजिम्मेवार अभिव्यक्ति दिन नहुने बताउँछन् । राज्यको काम नै यस्ता संकटका बेला काम गर्ने भएकाले नागरिक आतंकित पार्ने नभएर समाधान खोज्नतर्पm लाग्नुपर्ने उनको भनाइ छ । ‘राज्यले सबै काम गर्न सक्दैन हामी बुझ्छौं तर जे मन लाग्यो त्यही बोल्दिन भएन,’ उनले भने, ‘राज्यको यो अभिव्यक्ति नागरिकलाई मूर्ख ठानेर दिएको अभिव्यक्ति हो जस्तो मलाई लाग्छ ।’ उनले विद्यालय, कलेज जहाँ पनि अस्थायी संरचना निर्माण गरेर कोभिड बिरामीको उपचार गर्न सकिने बताए । ‘सरकारले निषेधाज्ञा गरेको छ तर यो निषेधाज्ञा गर्नु भनेको सुतेर बस्नका लागि होइन, तयारी गर्नुपर्‍यो,’ उनले भने, ‘भारतले अबको १ महीनामा संक्रमण घट्दै जाने प्रक्षेपण गरेको छ, त्यसैगरी अध्ययन गरेर त्यसअनुसार तयारी गनुपर्छ ।’ उनले अहिलेको समस्या बेड र अक्सिजन भएकाले त्यसको उपलब्धताका लागि सरकार गम्भीर भएर लाग्नुपर्ने बताए । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका संक्रामक रोगका विशेषज्ञ डा. शेरबहादुर पुन सरकारले यसरी हात उठाउन नमिल्ने बताउँछन् । हामीसँग तयारीका लागि १ वर्ष लामो समय भए पनि यो बीचमा तयारी नगरिनु समस्या भएको उनको भनाइ छ । अब छोटो समयमै स्थायी संरचना बनाएर राख्नका लागि समय नभएको र त्यो सम्भव नभएकाले अस्थायी संरचना बनाएर उपचार गर्नुपर्ने उनी बताउँछन् । ‘खालि ठाउँमा अस्थायी संरचना बनाएर र अन्य देशबाट पनि सहायता लिएर उपचार गर्न सकिन्छ,’ उनले भने, ‘अक्सिजन व्यवसायीहरूले अक्सिजनको अभाव नहुने बताइरहेका बेला आवश्यक सिलिन्डरको व्यवस्था गरी अस्थायी संरचना निर्माण गरी उपचार गर्नुपर्छ ।’ कोरोना अत्यन्तै बढ्दा अन्य देशमा पनि यस किसिमको सफल अभ्यास भएकाले हात उठाएर बस्ने नभई यसमा गम्भीर भएर लाग्नुपर्ने उनले बताए । कोरोना देखिँदैमा अस्पतालमै भर्ना गर्नु नपर्ने चेतना फैलाएर गम्भीर प्रकृतिका संक्रमितलाई मात्र अस्पताल भर्ना गर्नुपर्ने उनले बताए । ‘यो दोस्रो लहरको शुरुआती अवस्था मात्र हो, शुरूमै बेड छैन भनेर अभिव्यक्ति दिने होइन तयारीमा लाग्नुपर्छ,’ उनले भने ।

सम्बन्धित सामग्री

अमृतपाल सिंहले गरेका थिए आत्मसमर्पण

१० वैशाख, काठमाडौं । झण्डै एक महिना लामो भागदौडपछि स्वतन्त्र खालिस्तानको माग गर्दै आएका ‘वारिस पञ्जाब दे’का नेता अमृतपाल सिंहले पञ्जाब प्रहरीसामू आत्मसमर्पण गरेका छन् । पञ्जाबको मोगा जिल्लामा आइतबार बिहान उनले आत्मसमर्पण गरेका हुन् । लगत्तै उनलाई पक्राउ गरिएको पञ्जाब पुलिसका डिजी आरएन डोकलाई उद्धृत गर्दै इण्डियन एक्सप्रेसले जनाएको छ । ‘सिंहलाई असामको डिब्रुगढ […]

हत्या आरोपीद्वारा आत्मसमर्पण

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार उनले बुधबार राति १ बजेतिर ईलाका प्रहरी कार्यालय बौनीयाँमा आत्मसमर्पण गरेका हुन्।...

आजोभस्टलमा १,७३० युक्रेनी सैनिकहरूले आत्मसमर्पण गरे : रुस

रुसको रक्षा मन्त्रालयले बिहीबार युक्रेनको बन्दरगाह शहर मारिउपोलको घेरामा परेको एजोभस्टाल स्टिल प्लान्टमा यस हप्ता १,७३० युक्रेनी सैनिकले आत्मसमर्पण गरेको बताएको छ। “विगत २४ घण्टामा आजोभ राष्ट्रवादी रेजिमेन्टका ७७१ लडाकूहरूले आत्मसमर्पण गरेका छन्,” मन्त्रालयले द्वन्द्वबारे आफ्नो दैनिक ब्रिफिङमा उल्लेख गरेको छ। “मे १६ देखि कुल ८० घाइते सहित १,७३० लडाकुहरूले आत्मसमर्पण गरेको मन्त्रालयले बताएको छ।

एक हजार युक्रेनी सेनाले आत्मसमर्पण गरेको रुसको दाबी

रुसले रणनीतिक बन्दरगाह सहर मारिओपोलमा एक हजार युक्रेनी सेनाले आत्मसमर्पण गरेको दाबी गरेको छ । रुसी  रक्षा मन्त्रालयले बुधबार पूर्वीयुक्रेनको रणनीतिक बन्दरगाह सहर मारिओपोलमा  एक हजारभन्दा बढी युक्रेनी सैनिकले आत्मसमर्पण गरेको जनाएको हो । सो सहरलाई मस्कोले एक महिनाभन्दा बढी समयदेखि घेरा हालेको छ  । ‘मारिओपल सहरमा ३६ औँ  मरिन ब्रिगेडका १ हजार २६ युक्रेनी सैनिकहरूले स्वेच्छाले आफ्नो हतियार त्यागे र आत्मसमर्पण गरे’, मन्त्रालयले एक विज्ञप्तिमा भनेको छ ।

सिरियामा पाँच सयभन्दा बढी लडाकूद्धारा आत्मसमर्पण, सबै लडाकूलाई कारागारमा राखियो

सिरियामा आतङ्ककारी घोषणा गरिएको समूह इस्लामिक स्टेट (आइएस)का ५०० भन्दा बढी लडाकूहरुले आत्मसमर्पण गरेका छन् । सरकारी अधिकारीहरुले दिएको जानकारीअनुसार उनीहरुले सिरियाली सुरक्षा फौज समक्ष आत्मसमर्पण गरेका हुन । “आत्मसमर्पण गर्ने विद्रोही लडाकूहरुको सङ्ख्या ५५० भन्दा धेरै रहेको छ,” एक सरकारी अधिकारीले भने । आत्मसमर्पण गरेका सवै लडाकूहरु कारागारमा राखिएका थिए । यही जनवरी २० […]

हत्या आरोपित वडाध्यक्षले गरे आत्मसमर्पण

धनुषामा हत्या आरोपित एक वडाध्यक्षले प्रहरीसमक्ष आत्मसमर्पण गरेका छन् । सडक विस्तारको क्रममा भएको विवादमा सबैला नगरपालिका–४ का स्थानीय सुमिन्त्रादेवी यादवलाई कुटपिट गरी हत्या गरेको आरोप लागेका सोही वडाका अध्यक्ष पथला भनिने कुशेश्वर ठाकुरले ईलाका प्रहरी कार्यालय सबैलामा आत्मसमर्पण गरेका हुन् ।सो घटनाको ज्यान मार्ने उद्योगका १० जना आरोपितमध्ये फरार रहेका वडाध्यक्ष कुशेश्वर ठाकुरले लामो समयपछि आत्मसमर्पण गरेका हुन् । गत वैशाख १३ मा सडक विस्तारका लागि जग्गाको सीमाना खोजबिनको गर्ने क्रममा भएको व

दक्षिण अफ्रिकाका पूर्व राष्ट्रपति ज्याकोबद्वारा प्रहरी समक्ष आत्मसमर्पण

काठमाण्डाै - दक्षिण अफ्रिकाका पूर्व राष्ट्रपति ज्याकोब जुमाले प्रहरी समक्ष आत्मसमर्पण गरेका छन् । अदालतको अवहेलना सम्बन्धी मुद्दामा जेल सजाय काट्नका लागि ७९ वर्षका उनले आत्मसमर्पण गरेका हुन् ।  क्वाजुलु–नाताल प्रान्तमा  रहेको आफ्नो घर नजिकैको जेलमा उनी गएका बीबीसीले जनाएको छ।  प्रहरीले आत्मसमर्पण नगरे पक्राउ गर्ने चेतावनी दिएको थियो । भ्रष्टाचार सम्बन्धी मुद्दाको सुनुवाइका लागि अदालत उपस्थित हुन भनिए पनि नगएका उनलाई गएको हप्ता १५ महिनाको जेल सजाय भएको थियो । दक्षिण अफ्रिकाको इतिहासमा पूर्व राष्ट्रपति जेल च...

दक्षिण अफ्रिकाका पूर्व राष्ट्रपति जुमाले गरे प्रहरीसमक्ष आत्मसमर्पण

एजेन्सी । दक्षिण अफ्रिकाका पूर्व राष्ट्रपति याकूब जुमाले प्रहरीसमक्ष आत्मसमर्पण गर्नुभएको छ । अदालतको अवहेलनामा जेल सजायको फैसला तोकिएका पूर्व राष्ट्रपति जुमाले प्रहरीसमक्ष आत्मसमर्पण गरेको समाचारमा जनाइएको छ । यसअघि अदालतको आदेश नमाने गिरफतार गर्ने प्रहरीले चेतावनी दिएसँगै याकूबले प्रहरीसमक्ष आत्मसमर्पण गर्नुभएको हो । अदालतले जुमालाई भ्रष्टाचारको आरोपमा अनुसन्धानमा उपस्थित हुन नसकेपछि गत हप्ता १५ […]