मारिओपोलमा आत्मसमर्पण गर्न रुसको अल्टिमेटम, युक्रेन भन्छ- आत्मसमर्पण गर्ने कुरै हुँदैन

७ चैत, काठमाडौं । रुसले मारिओपोलमा युक्रेनी सेनालाई सोमबार बिहानसम्म आत्मसमर्पण गर्न अल्टिमेटम दिएको छ । आत्मसमर्पण नगरे डरलाग्दो मानवीय दुर्दशा आउने धम्की रुसले दिएको छ । तर युक्रेनकी उप-प्रधानमन्त्री इरिना भेरेश्चुकले कुनै हालतमा आत्मसमर्पण नगर्ने बताएकी छन् । रुसको रक्षा मन्त्रालयले युक्रेनलाई युद्धग्रस्त बन्दरगाह शहर मारिओपोलमा सोमबार बिहान ५ बजेभित्र आत्मसमर्पण गर्न अल्टिमेटम दिएको […]

सम्बन्धित सामग्री

अमेरिकी संसदमा जेलेन्स्कीको सम्बोधन : रुससँग आत्मसमर्पण नगर्ने प्रतिबद्धता

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले अमेरिकी कङ्ग्रेसको संयुक्त सत्रलाई सम्बोधन गर्नुभएको छ । सम्बोधनका क्रममा उहाँले रुससँग आत्मसमर्पण नगर्ने बताउनुभएको छ । राष्ट्रपति जेलेन्स्कीले सबै प्रतिकूलताकाबीच युक्रेन जीवित रहेको र पछि नहट्ने प्रतिबद्धता दोहोर्याउनुभएको छ । जेलेन्स्कीले अमेरिकी सरकार र नागरिकलाई सहयोगप्रति धन्यवाद व्यक्त गर्नुभएको बीबीसीले जनाएको छ । साथै उहाँले युक्रेनले आफ्नो स्वतन्त्रताका लागि लडेको युद्धमा पूर्ण विजय हासिल गरेर छाड्ने भन्दै सम्बोधन टुङ्ग्याउनुभएको थियो । त्यसअघि अमेरिकी राष्ट्रपति जो बाइडेनले युक्र...

पाँच कारणले अझ भड्कन सक्छ रुस–युक्रेन युद्ध

रुस र युक्रेनबीचको युद्ध फेरि चर्किएको छ । नाटो र युरोपेली संघको चेतावनीको बाबजुद रुसले यस वर्षको फेब्रुअरी २४ मा युक्रेनमा आफ्ना सेना पठापछि सुरु यो युद्ध अझ चर्किएको हो । रुसले यो कदमलाई सैन्य कारबाही भनेको छ । तर युक्रेनले यसलाई आक्रमण भनेको छ। कमजोर युक्रेनले केही दिनमा नै आत्मसमर्पण गर्ने र सैन्य अभियानले […]

एक हजार भन्दा बढी युक्रेनी सैनिकले आत्मसमर्पण गरेको रुसी दाबी

एक हजार भन्दा बढी युक्रेनी सैनिकले आत्मसमर्पण गरेको दाबी रुसले गरेको छ। रुसी घेराबन्दीमा रहेको तटीय शहर मारिपोलको सुरक्षामा खटिएका एक हजार भन्दा बढी युक्रेनी मरिनले आत्मसमर्पण गरेको रुसको दाबी छ । तर युक्रेन भने रुसी दाबी खारेज गरेको छ । मारिपोलका उपमेयर शर्हिय अरलोभले अझै पनि युक्रेनी सैनिकले अझै पनि शहरको रक्षाका लागि लडिरहेको […]

युक्रेन संकट : केमिकल प्लान्टबाट अमोनिया लिक, मानिसलाई इलाका छोड्न चेतावनी

युक्रेनको उत्तर पूर्वी शहर सूमीमा एक रसायन संयन्त्रबाट अमेनिया श्राव भएको छ । सूमीका गवर्नर दिमित्रो जिवेत्स्कीले टेलिग्राममार्फत् ग्यासको चुहावट स्थानीय समयानुसार ४ः३० बजे भएको हो ।युक्रेनले मारियुपोलमा आत्मसमर्पण गर्न अस्वीकार गरेको छ । रुसले  युक्रेनलाई आफ्नो स्थानीय समयानुसार बेलुका ५ बजेसम्म शहर छोड्न भनेको छ जसलाई युक्रेनले अस्वीकार गरेको छ ।

रुसविरुद्ध जंगल, मैदान र समुद्री किनारामासमेत लड्न तयार छौँ : जेलेन्स्की

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आफ्नो देशले रुसविरुद्धको लडाइ नछोड्ने बताएका छन् । बेलायतको संसद हाउस अफ कमन्सलाई सम्बोधन गर्दै जेलेन्स्कीले युद्ध अन्त्य नहुने बेलासम्म युक्रेन रुसविरुद्ध लडिरहने प्रतिबद्धता जनाए ।‘हामीले आत्मसमर्पण गर्दैनौँ । हाम्रो भूमिका लागि निरन्तर लडिरहनेछौं ’ भिडियो सम्बोधनमा राष्ट्रपति जेलेन्स्कीले भने । रुसविरुद्धको लडाइमा आफूहरु जंगल, मैदान, समुद्री किनार र सडकबाटसमेत लड्न तयार रहेको उनले बताए ।जेलेन्स्कीले सम्बोधन गर्नुअघि बेलायतले सन् २०२

रुससामु आत्मसमर्पण गर्दैनौं : युक्रेन

१७ फागुन, काठमाडौं । युक्रेनले रुससामु आत्मसमर्पण नगर्ने जनाएको छ । युक्रेनका विदेशमन्त्रीले एक अन्तर्वार्तामा आफूहरु कूटनीतिमार्फत् समस्या समाधानका लागि तयार रहे पनि रुससँग आत्मसर्पण नगर्ने जनाएका हुन् । युक्रेनका विदेशमन्त्री दिमित्रो कुलेबाले सीएनबीसीलाई दिएको अन्तरवार्तामा भनेका छन्, ‘युक्रेन कूटनीतिक समाधानका लागि तयार छ । तर न त हामी आत्मसमर्पण गर्छौं न उसका शर्तसामु झुक्छौं […]

युक्रेनले भन्यो- ‘यो युद्ध हामी जित्छौं, न आत्मसमर्पण गर्छौँ न झुक्छौँ’

एजेन्सी, १७ फागुन। युक्रेनका विदेशमन्त्री दिमित्रो कुलेबाले सीएनबीसीलाई दिएको अन्तर्वार्तामा आफ्नो देशले रुस अगाडी आत्मसमर्पण नगर्ने बताएका छन् । कुलेबाले भनेको विषयलाई उदृत गर्दै सीएनबीसीले लेखेको छ, ‘युक्रेन कूटनीतिक समाधानका लागि तयार छ, तर हामी न त आत्मसमर्पण गर्छौँ न झुक्नेछौँ।’ वार्ता कहिलेसम्म चल्ने हो थाहा नभएको कुलेवाले बताए । उनले यो युद्धमा युक्रेनले जित्ने […]

युक्रेनका सेनालाई आत्मसमर्पण गर्न पुटिनको आग्रह

१२ फागुन, काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेन कब्जा गर्ने योजना नभएको दाबी गरेका छन् । युक्रेनमा सैन्य कारबाहीको घोषणा गरेका पुटिनले युक्रेन कब्जा गर्ने योजना भने नभएको बताएका हुन् । आज बिहान टेलिभिजन सम्बोधन गर्दै उनले युक्रेनका सैनिकलाई आत्मसमर्पण गर्न भनेका छन् । साथै उनले युक्रेनका जनताले आफ्नो देश कसले चलाउने भन्ने कुरा […]