हत्या आरोपित वडाध्यक्षले गरे आत्मसमर्पण

धनुषामा हत्या आरोपित एक वडाध्यक्षले प्रहरीसमक्ष आत्मसमर्पण गरेका छन् । सडक विस्तारको क्रममा भएको विवादमा सबैला नगरपालिका–४ का स्थानीय सुमिन्त्रादेवी यादवलाई कुटपिट गरी हत्या गरेको आरोप लागेका सोही वडाका अध्यक्ष पथला भनिने कुशेश्वर ठाकुरले ईलाका प्रहरी कार्यालय सबैलामा आत्मसमर्पण गरेका हुन् ।सो घटनाको ज्यान मार्ने उद्योगका १० जना आरोपितमध्ये फरार रहेका वडाध्यक्ष कुशेश्वर ठाकुरले लामो समयपछि आत्मसमर्पण गरेका हुन् । गत वैशाख १३ मा सडक विस्तारका लागि जग्गाको सीमाना खोजबिनको गर्ने क्रममा भएको व