काठमाण्डाै - दक्षिण अफ्रिकाका पूर्व राष्ट्रपति ज्याकोब जुमाले प्रहरी समक्ष आत्मसमर्पण गरेका छन् ।
अदालतको अवहेलना सम्बन्धी मुद्दामा जेल सजाय काट्नका लागि ७९ वर्षका उनले आत्मसमर्पण गरेका हुन् । क्वाजुलु–नाताल प्रान्तमा रहेको आफ्नो घर नजिकैको जेलमा उनी गएका बीबीसीले जनाएको छ।
प्रहरीले आत्मसमर्पण नगरे पक्राउ गर्ने चेतावनी दिएको थियो । भ्रष्टाचार सम्बन्धी मुद्दाको सुनुवाइका लागि अदालत उपस्थित हुन भनिए पनि नगएका उनलाई गएको हप्ता १५ महिनाको जेल सजाय भएको थियो । दक्षिण अफ्रिकाको इतिहासमा पूर्व राष्ट्रपति जेल च...