आजोभस्टलमा १,७३० युक्रेनी सैनिकहरूले आत्मसमर्पण गरे : रुस

रुसको रक्षा मन्त्रालयले बिहीबार युक्रेनको बन्दरगाह शहर मारिउपोलको घेरामा परेको एजोभस्टाल स्टिल प्लान्टमा यस हप्ता १,७३० युक्रेनी सैनिकले आत्मसमर्पण गरेको बताएको छ। “विगत २४ घण्टामा आजोभ राष्ट्रवादी रेजिमेन्टका ७७१ लडाकूहरूले आत्मसमर्पण गरेका छन्,” मन्त्रालयले द्वन्द्वबारे आफ्नो दैनिक ब्रिफिङमा उल्लेख गरेको छ। “मे १६ देखि कुल ८० घाइते सहित १,७३० लडाकुहरूले आत्मसमर्पण गरेको मन्त्रालयले बताएको छ।

सम्बन्धित सामग्री

युक्रेनी सेनाले आत्मसमर्पण गरे जीवन दान दिन्छौँ : रुस

युक्रेनी सैनिकले आइतबारसम्म आफ्नो हतियार बिसाए युक्रेनी सैनिकको जीवन दान दिने बताएको छ । युक्रेनको प्रमुख बन्दरगाह शहर मारियुपोलको विषयमा कुरा गर्दै रुसले यस्तो भनेको हो । रुसी सरकारले युक्रेनी सैनिक र भाडामा लिइएका विदेशी सैनिक मारियुपोलमा अहिलेसम्म पनि लडिरहेको बताएको छ । आफूले मारियुपोलको धेरैजसो हिस्सा आफ्नो कब्जामा लिएको र यदि युक्रेनी सैनिकले मस्कोको […]