सिवाईसी लघुवित्त र शालिग्राम लघुवित्तको एकीकृत कारोबार शुरु

असार ३०, काठमाडौं । सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले शालीग्राम लघुवित्त वित्तीय संस्थालाई प्राप्ति गरी एकीकृत कारोबार शुरु गरेको छ । राष्ट्रिय स्तरको सिवाईसी नेपाल लघुवित्तले प्रदेश स्तरको शालिग्राम लघुवित्तलाई प्राप्ति गरेको हो ।  एकीकृत कारोबारको शुभारम्भ सिवाइसी नेपाल लघुवित्तको मुख्य प्रबर्द्धक संस्था चारतारे युवा क्लब नेपालका अध्यक्ष चण्डिप्रसाद शर्मा पौडेल, सिवाईसीका अध्यक्ष पद्यनाथ शर्मा र शालिग्रामका अध्यक्ष कृष्ण प्रसाद थापाले संयुक्त रुपमा गरेका हुन् । यी दुबै कम्पनीले जेठ २४ गते बसेको छुट्टा - छुट्टै विशेष साधारण सभा मार्फत प्राप्ति सम्बन्धि प्रस्ताव पारित गरेका थिए । नेपाल राष्ट्र बैकले असार १५ गते र कम्पनी रजिष्ट्रार कार्यालयले असार २५ गते प्राप्तिका लागि अन्तिम स्वीकृती पाएसँगै एकीकृत कारोबार सम्पन्न भएको हो । शालीग्राम लघुवित्तको १०० कित्ता शेयर बराबर सिवाईसी नेपाल लघुवित्तलाई ७५ कित्ता शेयर दिने गरी शालीग्राम लघुवित्तलाई प्राप्ति गरेको हो ।  प्राप्तिपछि कम्पनीको चुक्तापूँजी रू. १२ करोड १६ लाख रहेको छ । अव कम्पनीले ३८ ओटा शाखा कार्यालयहरु मार्फत लघुवित्त सेवा प्रदान गर्नेछ ।   

सम्बन्धित सामग्री

असार २४ देखि एकीकृत कारोबार गर्दै साना किसान र आरएमडीसी लघुवित्त

काठमाडौं । साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेड र आरएमडीसी लघुवित्त वित्तीय संस्था लिमिटेडले मर्जर प्रक्रिया पूरा गरी असार २४ देखि एकीकृत कारोबार गर्ने भएका छन् । दुई कम्पनी एक भई साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको नामबाट एकीकृत कारोबार शुरु गर्न लागेका हुन् । यी दुई कम्पनीबीच गत भदौ ३१ गते मर्जरसम्बन्धी प्रारम्भिक समझदारी पत्रमा हस्ताक्षर भएको थियो ।  साना किसान विकास लघुवित्त र आरएमडीसी लघुवित्त एक बराबर शून्य दशमलव ८७ को अनुपातमा शेयर आदानप्रदान गर्दै मर्जरमा गएका हुन् । नेपाल राष्ट्र बैंकले जेठ २४ गते र नेपाल धितोपत्र बोर्डबाट असार ४ गते दुवै कम्पनीले मर्जरका लागि अन्तिम स्वीकृति प्राप्त गरिसकेका छन् ।  मर्जर प्रयोजनका लागि असार २२ देखि २४ गते बिहान ९ बजेसम्म दुवै कम्पनीको सम्पूर्ण वित्तीय कारोबार बन्द रहने जानकारी कम्पनीहरूले गराएका छन् । हाल आरएमडीसी लघुवित्तको चुक्ता पूँजी रू. १ अर्ब ५६ करोड ३७ लाख ४३ हजार छ भने साना किसान लघुवित्तको रू. १ अर्ब ९७ करोड ११ लाख ६१ हजार छ । एकीकृत कारोबार गरेको दिनदेखि दुवै सूचीकृत कम्पनीको शेयर कारोबार बढीमा १५ कारोबार दिन रोक्का हुनेछ ।

डिप्रोक्स र आदर्श लघुवित्तको एकीकृत कारोबार सुरु

डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेड र आदर्श लघुवित्त वित्तीय संस्था लिमिटेडको एकीकृत कारोबार सुरु भएको छ । एकीकृत कारोबारको डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडका अध्यक्ष दिपक खनालले आदर्श लघुवित्त वित्तीय संस्था बुद्धनगर शाखाकी असल ग्राहक सदस्य श्रीमति विद्यालक्ष्मी श्रेष्ठलाई एमपासवुक दिई उद्घाटन गरेका छन् । कार्यक्रममा मर्जर तथा एक्विजिसन समितिका संयोजक वासुप्रसाद उपाध्याय र सदश्य […]

युनिक नेपाल र घोडीघोडाको एकीकृत कारोबार सुरु

युनिक नेपाल लघुवित्त वित्तीय संस्था र घोडीघोडा लघुवित्त वित्तीय संस्था मर्च भएपछि आजदेखि एकीकृत कारोबार सुरु गरेका छन्। शुक्रबार कोहलपुरमा सम्पन्न भएको एकीकृत कारोबार घोषणा कार्यक्रममा दुवै वित्तीय संस्थाका अध्यक्षद्वय...

इन्फिनिटी लघुवित्त र नेपाल एग्रो लघुवित्तको एकीकृत कारोबार सुरू

इन्फिनिटी लघुवित्त वित्तीय संस्थाले नेपाल एग्रो लघुवित्त वित्तीय संस्थालाई प्राप्ति गरेर एकीकृत कारोबार सुरु गरेको छ ।कार्यक्रममा दुवै वित्तीय संस्थाको तर्फबाट सञ्चालक, संयुक्त मर्जर समितिका सदस्यहरुले शुभकामना व्यक्त गरे । एकीकृत कारोबार पश्चात संस्थाको पुँजी ३२ करोड ४६ लाख रुपैयाँ, सेवा पुगेको जिल्ला ३९, शाखा संख्या ८५, कर्मचारी संख्या ३४२, सदस्य संख्या ७४ हजार पुगेको […]

नेपाल एग्रोलाई प्राप्ति गरी इन्फिनिटी लघुवित्तको एकीकृत कारोबार सुरु

इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडले नेपाल एग्रो लघुवित्त वित्तीय संस्था लिमिटेडलाई प्राप्ति गरी एकीकृत कारोबार सुरु गरेको छ । एकीकृत कारोबारसम्बन्धी औपचारिक कार्यक्रम नवलपुरको गैँडाकोटमा भएको हो ।  इन्फिनिटी लघुवित्तका सञ्चालक तथा संयुक्त...

नेशनल माइक्रोफाइनान्सको एकीकृत कारोबार सुरू

नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले महिला सहयात्रा लघुवित्त वित्तीय संस्थालाई प्राप्ति गरेर बुधबारदेखि एकीकृत कारोबार सुरु भएको छ । प्राप्तिपछि दुई कम्पनी एक भएर नेशनल माक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको नामबाट एकीकृत कारोबार सुरु भएको हो ।दुवै कम्पनिले गत जेठ २५ गतेको विशेष साधारणसभाबाट प्राप्तिसम्बन्धी प्रस्ताव पारित गरेका थिए । दुवै कम्पनीबीच माघ ८ गते मर्जरसम्बन्धी […]

सिवाईसी र शालिग्राम लघुवित्तको एकीकृत कारोबार सुरू

सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले शालीग्राम लघुवित्त वित्तीय संस्थालाई प्राप्ति गरी एकीकृत कारोबार सुरू गरेको छ ।राष्ट्रिय स्तरको सिवाईसी नेपाल लघुवित्तले प्रदेशस्तरको शालिग्राम लघुवित्तलाई प्राप्ति गरेको हो । एकीकृत कारोबारको शुभारम्भ सिवाइसी नेपाल लघुवित्तको मुख्य प्रवद्र्धक संस्था चारतारे युवा क्लब नेपालका अध्यक्ष चण्डिप्रसाद शर्मा पौडेल, सिवाईसीका अध्यक्ष पद्यनाथ शर्मा र शालिग्रामका अध्यक्ष कृष्ण प्रसाद […]

एकीकृत कारोबार गर्दै नेशनल माइक्रोफाइनान्स र महिला सहयात्रा

काठमाडौं। नेशनल माइक्रोफाइनान्स लघुवित्त र महिला सहयात्रा लघुवित्तले असार ३० गतेदेखि एकीकृत रुपमा कारोबार सुरु गर्ने भएका छन्। जेठ २५ गतेको निर्णय अनुसार ‘नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेड’को नामले एकीकृत कारोबार सुरु हुने भएको हो। कारोबारका लागि नेपाल राष्ट्र बैंकले असार १५ गते र कम्पनी रजिष्ट्रारको कार्यालयले असार २४ गते अन्तिम स्वीकृती दिएको छ।

ग्लोबल आइएमई र स्पर्स लघुवित्तको एकीकृत कारोबार सुरू

लमजुङ केन्द्रीय कार्यालय भई राष्ट्रियस्तर कार्यक्षेत्र भएको ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाले कास्कीको पोखरा–२६ मा केन्द्रीय कार्यालय भएको स्पर्स लघुवित्त वित्तीय संस्थालाई प्राप्ति पश्चात् ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाकोे नामबाट एकीकृत वित्तीय कारोबार सुरू गरेको छ ।एकीकृत कारोबार पश्चात् वित्तीय संस्थाको कुल चुक्ता पुँजी ४३ करोड १७ लाख २० हजार ४ सय ११, कुल कर्जा […]

एनआईसी एशिया र स्वदेशी लघुवित्तको एकीकृत कारोबार सुरु

कर्णाली प्रदेशको जाजरकोट जिल्लामा रजिष्टर्ड कार्यालय भई काभ्रेपलाञ्चोक जिल्लाको बनेपामा कर्पोरेट कार्यालय रहेको एनआईसी एशिया लघुवित्त वित्तीय संस्था र प्रदेश १ स्थित सुनसरी जिल्लाको इटहरीमा रजिष्टर्ड कार्यालय रहेको स्वदेशी लघुवित्त वित्तीय संस्थाबीच मर्जरपछि एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाको एकीकृत कारोबार सुरु भएको छ ।गत साउन ३२ गते यी दुई संस्थाबीच मर्जर सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएर […]