इन्फिनिटि लघुवित्तले नेपाल एग्रो लघुवित्तलाई प्राप्ति गर्न बोलायो विशेष सभा

काठमाडौं, ३१ जेठ । इन्फिनिटि लघुवित्त वित्तिय संस्थाको बिशेष साधारण सभा हुने भएको छ । आइतबार बसेको सञ्चालक समितीको बैठकले असार ३० गते बिशेष सभा गर्ने निर्णय गरेको हो । संस्थाको अनुसार बिषेश साधारणसभाले नेपाल एग्रो लघुवित्त वित्तिय संस्थालाई प्राप्ती गर्ने सम्बन्धी बिशेष प्रस्तावमाथि छलफल गरी पारित गर्ने छ । साथै सञ्चालक समितीको बैठकले बिषेश […]

सम्बन्धित सामग्री

भदौ ४ गतदेखि एकीकृत कारोबार गर्दै इन्फिनिटी र नेपाल एग्रो लघुवित्त

साउन २४, काठमाडौं । इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडले नेपाल एग्रो लघुवित्तलाई प्राप्ति गरी भदौ ४ गतेदेखि एकीकृत कारोबार शुरु गर्ने भएको छ । यी दुवै कम्पनीकले असार २१ गते सम्पन्न अलग अलग साधारण सभाबाट प्राप्ति सम्बन्धी प्रस्ताव पारित गरेका थिए ।  नेपाल राष्ट्र बैंकले साउन १५ गते प्राप्तका लागि अन्तिम स्वीकृति प्रदान गरेसँगै दुई कम्पनी एक भएर कारोबार शुरु गर्न लागेका हुन् । कम्पनी रजिष्ट्रारको कार्यालयबाट पनि साउन २२ गते प्राप्तिका लागि अन्तिम स्वीकृति प्राप्त भएको जानकारी कम्पनीले गराएका छन् ।  एकीकृत कारोबारको लागि दुवै संस्थाको तथ्यांककलाई एउटै सफ्टवेयरबाट वित्तीय कारोबार गर्नुपर्ने व्यवस्था मिलाउनका लागि भदौ ३ गते (एक दिन) नेपाल एग्रो लघुवित्तको सम्पूर्ण कारोबार बन्द रहने जानकारी कम्पनीले दिएको छ । इन्फिनिटी लघुवित्तले नेपाल एग्रो लघुवित्तलाई १ बराबर शून्य दशमलव ९८ को अनुपातमा शेयर आदानप्रदान गर्ने गरी प्राप्ति गरेको हो । यी दुवै दुई कम्पनी एक भएपछि चुक्तापूँजी रू. ३२ करोड ५९ लाख ८ हजार कायम हुनेछ । दुई कम्पनी एक भएपछि इन्फिनिटी लघुवित्त वित्तीय संस्थाको नामबाट एकीकृत कारोबार गर्ने सहमति पनि दुवै कम्पनीबिच भएको छ ।

नेप्सेद्वारा नेपाल एग्रो लघुवित्तको बोनस शेयर सूचिकृत

काठमाडौं, ६ साउन । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले नेपाल एग्रो लघुवित्त वित्तीय संस्था लिमिटेडको १४ बोनस शेयर सुचिकृत गरेको छ । नेप्सेको अनुसार कम्पनीले उक्त बोनस शेयर वापतको ८० हजार १४२ दशमलव २६ कित्ता शेयर साउन ५ गते सुचिकृत गरेको हो । असार २१ गते सम्पन्न भएको साधारण सभाबाट पारित भएको १४ प्रतिशत बोनस शेयर […]

नेपाल एग्रो लघुवित्तले १४ प्रतिशत बोनस सेयर दिने

नेपाल एग्रो लघुवित्त वित्तीय संस्थाले १४ प्रतिशतले हुने बोनस सेयर वितरण गर्ने भएको छ । कम्पनीको पाँचौं वार्षिक साधारणसभाले चुक्ता पुँजीको १४ बोनस सेयर वितरण गर्ने निर्णय गरेको हो । साधारणसभाले नेपाल एग्रो लघुवित्तलाई इन्फिनिटी लघुवित्तले गर्ने प्राप्ति लगायत अन्य प्रस्तावहरु सर्वसम्मतिले पािरति गरेको हो । वार्षिक साधारणसभाको अवसरमा वित्तीय संस्थाको सञ्चालक समितिमा रही योगदान […]

इन्फिनिटी लघुवित्तले नेपाल एग्रो लघुवित्तलाई प्राप्ति गर्ने

इन्फिनिटी लघुवित्त वित्तीय संस्थाको विशेष साधारण सभा भएको छ ।विशेष सभाको विशेष प्रस्तावहरुमा इन्फिनिटी लघुवित्त वित्तीय संस्थाले नेपाल एग्रो लघुवित्त वित्तीय संस्थालाई प्राप्ति गर्ने प्रस्ताव पनि पारित गरेको छ ।सभाले नेपाल एग्रो लघुवित्तलाई प्राप्ति गर्ने प्रयोजनको लागि मूल्यांकनकर्ताबाट प्राप्त नेपाल एग्रोको चल÷अचल सम्पत्ति र दायित्व मूल्यांकन प्रतिवेदन प्राप्ति पछिका व्यावसायिक अवसरहरु, सम्पत्ति एवं दायित्वको बजार […]

नेपाल एग्रो लघुवित्तको साधारणसभा, सञ्चालक समितिको अध्यक्षमा कर्मचारी निर्वाचित

काठमाडौँ / नेपाल एग्रो लघुवित्त वित्तीय संस्था लिमिटेडको पाँचौँ बार्षिक साधारण सभा यही असार २१ गते सोमबार सम्पन्न भएको छ । कास्की जिल्लाको न्युरोड पोखरास्थिति सिटिस्क्वेयर

इन्फिनिटी लघुवित्तले नेपाल एग्रो लघुवित्तलाई प्राप्ति गर्ने

काठमाडौँ / इन्फिनिटी लघुवित्त वित्तीय संस्थाले नेपाल एग्रो लघुवित्त वित्तीय संस्थालाई प्राप्ति गर्ने भएको छ । नेपाल एग्रोले नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मार्फत विज्ञप्ति जारी गर्दै

प्राप्ति सम्बन्धि प्रस्ताव पारित गर्दै इन्फिनिटी र नेपाल एग्रो लघुवित्त

असार २, काठमाडौं । इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडले नेपाल एग्रो लघुवित्तलाई प्राप्ति गर्ने प्रस्ताव आगामी असार २१ गते पारित हुने भएको छ ।  इन्फिनिटी लघुवित्तले विशेष साधारण सभा र नेपाल एग्रो लघुवित्तले पाचौं वार्षिक साधारण सभामार्फत प्राप्ति सम्बन्धि प्रस्ताव पारित गर्न लागेका हुन् । इन्फिनिटी लघुवित्तले कम्पनीको केन्द्रीय कार्यायल गैडाकोटमा विहान ९ बजे सभा बोलाएको हो भने नेपाल एग्रो लघुवित्तले सिटिस्क्वेयर प्रालि, न्यूरोड, पोखरामा विहान ९ बजे सभा बोलाएको हो ।  नेपाल एग्रो लघुवित्तले प्राप्ति प्रस्तावसहित गत आर्थिक वर्ष ०७६/ ७७ को वार्षिक प्रतिवेदनसहितका वित्तीय विवरण पारित गर्दै प्रस्तावित लाभांशसमेत पारित गर्नेछ । यस वर्ष कम्पनीले हाल कायम चुक्तापूँजी रू. ५ करोड ७२ लाख ४४ हजार को आधारमा १४ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि रू. ४ लाख २१ हजार ८०१ बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।  इन्फिनिटी लघुवित्तले नेपाल एग्रो लघुवित्तलाई १ बराबर शून्य दशमलव ९८ को अनुपातमा शेयर आदानप्रदान गर्ने गरी प्राप्ति गर्न लागेको हो । दुबै कम्पनीको सभाबाट प्राप्ति सम्बन्धि सम्झौता लगायत सञ्चालक समितिबाट भएका निर्णयहरुलाई अनुमोदन गर्दै थप कार्यका लागि सम्पूर्ण जिम्मेवारी सञ्चालक समितिलाईनै दिने निर्णयसमेत गर्नेछ । यी दुई कम्पनी एक भएपछि चुक्तापूँजी रू. ३२ करोड ५९ लाख ८ हजार कायम हुनेछ । इन्फिनिटी लघुवित्त वित्तीय संस्थाको नामबाट एकीकृत कारोबार गर्ने सहमति पनि दुबै कम्पनी बीच भएको छ ।  दुबै कम्पनीले सभा प्रयोजनका लागि असार ८ गतेदेखि बुक क्लोज गर्ने भएका छन् । बुक क्लोजको आधारमा असार ७ गतेसम्म कायम शेयरधनीहरु मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न योग्य हुनेछन् ।

इन्फिनिटी लघुवित्तले नेपाल एग्रो लघुवित्तलाई प्राप्ति गर्ने

नेपाल राष्ट्र बैंकले इन्फिनिटी लघुवित्त वित्तीय संस्थाले नेपाल एग्रो लघुवित्त संस्थालाई प्राप्ति गर्न सैद्धान्तिक सहमति दिएको छ ।पोखरामा केन्द्री कार्यालय रहेको नेपाल एग्रो लघुवित्तलाई प्रँप्ति गर्न इन्फिनिटी लघुवित्त वित्तीय संस्थाले राष्ट्रबैंकसमक्ष सहमति मागेको थियो । इन्फिनिटी लघुवित्त वित्तीय संस्थाले हाल २९ जिल्लामा ५९ वटा शाखा कार्यालयमार्फत ५१ हजार भन्दाबढी सदस्यलाई सेवा पु¥याएको जनाएको छ । […]