पशुपतिनाथ मन्दिरको ज्योतिर्लिङ्गमा सुनको जलहरी राख्ने क्रममा भएको अनियमितताबारे अख्तियार दुरुपयोग अनुसन्धान आयोगको छानबिन टुंगोमा नपुग्दै त्यसलाई प्रभावित पार्ने प्रयास भएको छ । पशुपति क्षेत्र विकास कोषका बहालवाला र तत्कालीन पदाधिकारीसहितको मिलिभगतमा जलहरीको करिब ११ केजी सुन गायब पारिएको विषयमा अख्तियारले छानबिन गरिरहेको छ ।