पशुपतिनाथलाई अर्बको जलहरी! ओलीको प्रायश्चित्त कि सस्तो लोकप्रियता?

हरेक बिहान पशुपतिनाथको ज्योतिर्लिङ्गमा स्नान गराउँदा जलहरीले भट्टको हातमा घाउ लाग्न थालेपछि पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डाक्टर गोविन्द टण्डनसम्म गुनासो पुग्यो। जलहरी नफेरी भएन भन्ने कुरा पटकपटक उठ्न थालेपछि जलहरी मर्मत गर्ने कि नयाँ बनाउने? प्रश्न उठ्यो। चाँदीको जलहरी मर्मत गर्नुभन्दा किन चाँदीको नयाँ बनाउने, सुनकै हालौं भन्ने…