कञ्चनपुर। कञ्चन विद्या मन्दिरका प्रिन्सिपल डा. राजकुमार साउदलाई थप उपचारका लागि काठमाडौं लगिएको छ। कोरोना संक्रमित डा. साउदको स्वास्थ्यमा सुधार नआएपछि थप उपचारका लागि हेलिकोप्टरमार्फत काठमाडौं लगिएको हो। उनीसँगै उनकी पत्नीसमेत कोरोना संक्रमित भएकी थिइन्। कोरोना संक्रमणपछि उनीहरु होम आइसोलेनसमा थिए। यसअघि कञ्चनपुर जिल्ला अदालतका न्यायाधीशलाई समेत हेलिकोप्टरमार्फत काठमाडौं रेफर गरिएको थियो।