अमेरिकी राष्ट्रपति जो बाइडनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमाथि हमला गर्ने निर्णय गरेको आफूलाई यकिन भएको बताएका छन् । बाइडेनले कुनै पनि दिन यो हमला हुन सक्ने आशंका जताएका हुन् ।आफूले अमेरिकी खुफिया सूचनाका आधारमा यो मूल्याङ्कन गरेको बाइडनले दाबी गरेका हुन् । यद्यपि, रुसले हमलाको तयारी नगरेको बताउँदै आएको छ । पश्चिमी राष्ट्रलाईलाई डर छ कि रुस युक्रेनको पूर्वी क्षेत्रमा फर्जी सङ्कट खडा गर्न चाहन्छ जसले हमलाका लागि बहाना मिलोस् । अमेरिकाको अनुमान छ कि युक्रेनको सीमामा १ लाख ७० हजारदेखि