सोरु गाउँपालिकाका अध्यक्ष लोकबहादुर शाहीले प्रमुख प्रशासकीय अधिकृतले गाउँपालिकाको बजेट जथाभावी खर्च गरेका कारण खाता शून्य भएको आरोप लगाएका छन् । आर्थिक वर्ष ०७७/०७८ को बजेटको विभिन्न शीर्षकमा विनियोजित रकम प्रमुख प्रशासकीय अधिकृतले नियम विपरित बाँडेको र जसका कारण अहिले गाउँपालिकाको बैंक खाता शून्य भएको उनले दाबी गरे । शिक्षा शाखा प्रमुख वीरेन्द्रबहादुर मल्ल सोरु गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत हुँदा गाउँपालिको रकम हिनामिना गरेको अध्यक्ष शाहीको आरोप छ । अध्यक्ष शाहीक