काठमाडौँ । नेपाल बार एसोसिएसनका पूर्व अध्यक्ष चण्डेश्वर श्रेष्ठले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणासँग न्यायाधीश पद नमागेको दाबी गरेका छन् । बिहीबार महाभियोग सिफारिस समितिको बैठकमा जवाफ दिन उपस्थित भएका श्रेष्ठले राणाको सो दाबी सही हो भने सिसिटिभी फुटेज सार्वजनिक गर्न आग्रह गरे । बारको अध्यक्षको हैसियतले आफूले न्यायालय सुधारका लागि अघि बढ्दा त्यस्तो आरोप लगाइएको बताए […]