सुर्खेत : कर्णाली प्रदेश सरकारले तोकिएको लक्ष्य भन्दा झण्डै ६ करोड ३४ लाख कम आम्दानी गरेको छ। ७१ करोड २९ लाख ७४ हजार आन्तरिक आम्दानी गर्ने लक्ष्य राखेको प्रदेश सरकारले ६४ करोड ९५ लाख ५ हजार १९२ रुपैयाँ वार्षिक आम्दानी गरेको हो।आर्थिक वर्ष ०७९/०८० मा आर्थिक वृद्धिदर ५.४७ प्रतिशत हुने अनुमान गरिएको थियो। खर्च व्यहोर्ने स्रोतमा उक्त लक्ष्यलाई नै आधार मानेर अनुदानकै भरमा ३२ अर्ब ६१ करोड ६१ लाख ६३ हजार रुपैयाँको बजेट ल्याइएको थियो। तर, प्रदेश सरकारले लक्ष्यभन्दा ६ करोड ३४ लाख ६५ हजार ८०८ रुपैयाँ