चालु आर्थिक वर्षको भदौ १२ गतेसम्ममा सरकारको खर्चभन्दा आम्दानी बढी देखिएको छ । चालु आर्थिक वर्षको सुरुमा सरकारको खर्च कम हुने तर राजस्व भने उठिरहने भएकोले सरकारको आम्दानीको तुलनामा खर्च कम देखिएको हो ।सरकारको आम्दानी र खर्चको हिसाव राख्ने महालेखा नियन्त्रक कार्यालयका अनुसार सो अवधिसम्ममा १११ अर्ब रुपैयाँ आम्दानी भएको छ भने ४३ अर्ब रुपैयाँ मात्र खर्च भएको छ । सरकारले चालु आर्थिक वर्षमा १४ खर्ब ५८ अर्ब रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य लिएको छ भने १७ खर्ब ९३ अर्ब रुपैयाँ खर्च गर्ने लक्ष्य राखेको छ