चार वर्षमा लक्ष्यभन्दा साढे १६ अर्ब कम आम्दानी

काठमाडौं। नेपाल नागरिक उड्डयन प्राधिकरणले पछिल्ला चार वर्षमा आम्दानीको लक्ष्य हासिल गर्न नसकेको पाइएको छ । आर्थिक वर्ष २०७६/७७ यताको चार वर्षमा प्राधिकरणले अनुमानित लक्ष्यभन्दा १६ अर्ब ४९ करोड ७५ लाख रुपैयाँ कम आम्दानी गरेको विवरण सार्वजनिक गरेको छ । प्राधिकरणले कोरोना महामारीका कारण आर्थिक वर्ष २०७६/७७ यता लक्ष्य अनुसार आम्दानी गर्न नसकेको बताएको छ । प्राधिकरणले गत आर्थिक वर्ष २०७९/८० मा १४ अर्ब ३२ करोड रुपैयाँ आम्दानी गर्ने लक्ष्य राखेको थियो । प्राधिकरणको सो वर्षको वास्तविक आम्दानी लक्ष्यभन्दा ९२ करोड ७१ लाख रुपैयाँले कम छ ।  प्राधिकरणले आर्थिक वर्ष २०७६/७७ यताका हरेक वर्ष आम्दानी लक्ष्य बढाउँदै लगेको देखिन्छ । उक्त लक्ष्य हासिल गर्न भने सकेको छैन । प्रत्येक वर्ष १० प्रतिशतका दरले आम्दानी वृद्धि हुने भएकाले सोही अनुपातमा आयको लक्ष्य राखिएको प्राधिकरणको भनाइ छ । तर, कोभिड–१९ को असरबाट लक्ष्य प्रभावित भएको दाबी प्राधिकरणको छ ।  कोभिड–१९ का कारण २०७६ चैत ११ देखि बन्दाबन्दी भई हवाई आवागमन ठप्प रहेको, आन्तरिकदेखि अन्तरराष्ट्रिय विमानस्थल निर्माण समयमै सम्पन्न हुन नसकी ‘टाइम भ्यालू अफ मनी’मा क्षति भएको र अन्तरराष्ट्रिय हवाइ आवागमन कोभिड–१९ अघिको अवस्थामा हालसम्म पनि पुग्न नसक्दा अनुमानित लक्ष्य भेट्न नसकेको प्राधिकरणको भनाइ छ । प्राधिकरणले जहाजको ल्यान्डिङ, पार्किङ, ग्राउन्ड ह्यान्डलिङ शुल्कका साथै विमानस्थल र प्राधिकरणको भौतिक संरचना भाडाबाट आम्दानी गर्छ । 

सम्बन्धित सामग्री

‘यातायातमा १० वर्षमा १० अर्ब बढी भ्रष्टाचार’

अवैध रूपमा वितरित सवारीचालक अनुमतिपत्र (लाइसेन्स) वितरण गर्दा १० वर्षमा करिब १० अर्ब भ्रष्टाचार भएको आशंका गरिएको छ।...

‘यातायातमा १० वर्षमा १० अर्ब बढी भ्रष्टाचार’

अवैध रूपमा वितरित सवारीचालक अनुमतिपत्र (लाइसेन्स) वितरण गर्दा १० वर्षमा करिब १० अर्ब भ्रष्टाचार भएको आशंका गरिएको छ।...

पाँच वर्षमा कर्णालीका तीन जिल्लाको कुल राजस्व डेढ अर्ब

कर्णाली प्रदेशका तीन जिल्लामा पाँच वर्षमा डेढ अर्ब रुपैयाँ राजस्व संकलन भएको छ । प्रदेशका जुम्ला, कालिकोट र मुगुबाट बितेको पाँच वर्षमा कुल एक अर्ब ५५ करोड ६० लाख ६७ हजार...

एक वर्षमा विदेशमा जाने विद्यार्थीले लगे ६८ अर्ब

३१ साउन, काठमाडौं । विदेशमा अध्ययन गर्न जाने विद्यार्थीले एक वर्षमा ६८ अर्ब रुपैयाँ विदेशी मुद्रा विदेश पुर्‍याएका छन् । महामारीपछि विदेश जाने क्रम ह्वात्तै बढेकाले गत आर्थिक वर्ष २०७८/७९मा विदेश जाने विद्यार्थीले ६८ अर्ब रुपैयाँ वैदेशिक शिक्षाका लागि खर्च गरेका हुन्  । गत आर्थिक वर्षमा सेवा खाता अन्तर्गत नेपालको भ्रमण व्यय १९६.७ प्रतिशतले बढेर […]

गत ५ वर्षमा एनसेलले सरकारलाई तिर्‍यो १ खर्ब ४४ अर्ब राजस्व, कुन वर्षमा कति ?

एनसेलले एक वर्षमा नेपाल सरकारलाई २१ अर्ब ७५ करोड रूपैयाँ राजस्व तिरेको छ । एनसेलले सार्वजनिक गरेको नेशनल कन्ट्रिब्युसन ओभरभ्यु प्रतिवेदनमा सन् २०२१ मा २१ अर्ब ७५ करोड रूपैयाँ सरकारलाई कर तिरेको उल्लेख गरिएको छ । एनसेलले गत ५ वर्षमा  सरकारलाई कर र शुल्क बापत १ खर्ब ४४ अर्ब रूपैयाँ राजस्व बुझाएको छ । ५ वर्षको समयमा सबैभन्दा बढी सन् २०१९ मा ३४ अर्ब ५६ करोड रूपैयाँ कर तिरेको छ,...

बागलुङमा एक वर्षमा सवा अर्ब राजस्व सङ्कलन

काठमाडौँ,५ साउन । गत आर्थिक वर्षमा बागलुङमा झण्डै रु सवा एक अर्ब राजस्व सङ्कलन भएको छ । यहाँ रहेका सङ्घीय तथा प्रदेश सरकार माताहतका कार्यालयले मात्रै उक्त राजस्व सङ्कलन गरेका हुन् । बागलुङमा रहेको आन्तरिक राजस्व कार्यालयसहितका कार्यालयले विभिन्न शीर्षकमा रु एक अर्ब २१ करोड छ लाख १७ हजार ९७७ राजस्व सङ्कलन गरेका छन् । […]

अबको १ वर्षमा इन्फोडेभलपर्स एक अर्ब रूपैयाँको कम्पनी बन्ने

नेपालको अग्रणी सूचना प्रविधि कम्पनी इन्फोडेभलपर्सले अबको एक वर्षमा १ अर्ब रूपैयाँको कम्पनी बन्ने लक्ष्य लिएको छ । शनिबार बुढानिलकण्ठको पार्क भिलेज रिसोर्टमा आयोजना भएको रणनीतिक योजना बैठकमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) उमेश रघुवंशीले आगामी आर्थिक वर्ष २०७९-८० को भिजन सार्वजनिक गर्दै यस्तो बताएका हुन् ।  अबको १ वर्षमा एक अर्ब नेपाली रूपैयाँको कम्पनी बन्ने...

लगानी बोर्डको लक्ष्य : ५ वर्षमा १० अर्ब डलर लगानी

लगानी बोर्डले आगामी ५ वर्षमा १० अर्ब अमेरिकी डलर लगानी भित्र्याउने लक्ष्य लिएको छ । बोर्डले आगामी ५ वर्षमा १० अर्ब डलर बराबरको लगानी स्वीकृत गर्ने, ६ अर्ब अमेरिकी डलर बराबरको सार्वजनिक–निजी–साझेदारी (पीपीपी)का परियोजना व्यवस्थापन गर्ने लक्ष्यसहितको रणनीतिक योजना बुधवार सार्वजनिक गरेको छ ।बोर्डका अध्यक्षसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले लगानी बोर्डको १०औं वार्षिकोत्सव समारोहमा लक्ष्यसहितको योजना सार्वजनिक गरे । समारोहलाई सम्बोधन गर्दै देउवाले दिगो विकास लक्ष्य प्राप्त गर्न कु

नीति अनुसन्धानका लागि पाँच वर्षमा १.३८ अर्ब खर्च प्रक्षेपण

सरकारी विज्ञ समूह नीति अनुसन्धान प्रतिष्ठानले पाँच वर्षमा १ अर्ब ३८ करोड रुपैयाँ खर्च गर्ने भएको छ । प्रतिष्ठानको पाँच वर्षे रणनीति (२०७७/२०८२) मा सम्भावित अनुसन्धान परियोजनाहरु र कार्यालय खर्च समेत गरी १.३८ अर्ब रुपैयाँ खर्च प्रक्षेपण छ । प्रतिष्ठानले पाँच वर्षमा कुल ३४२ वटा अनुसन्धान क्रियाकलापको लागि अर्ब रुपैयाँभन्दा बढी बजेट अनुमान गरेको छ […]

प्रदेश सरकारद्वारा तीन वर्षमा साढे ३६ अर्ब खर्च

धनगढी-सुदूरपश्चिम प्रदेश सरकारले तीन वर्षमा साढे ३६ अर्ब भन्दा बढी खर्च गरेको छ । प्रदेश सरकारले चार आर्थिक वर्षमा साढे ८७ अर्ब भन्दा बढी बजेट गरेपनि विनियोजित बजेटको करिब ४२ प्रतिशत मात्रै बजेट खर्च गर्न सकेको हो । प्रदेश सरकारको चालु खर्च भन्दा पुँजीगत खर्च निकै कमजोर देखिएको छ ।७१ औं प्रजातन्त्र दिवसको अवसरमा शुक्रबार […]