कांग्रेस सांसद चन्दा चौधरीले बालविवाह रोकथामका लागि नीतिगत तहमा नै कदम चाल्नुपर्ने भन्दै प्रतिनिधिसभामा संकल्प प्रस्ताव दर्ता गराएकी छन् । उनले समाजमा व्याप्त रहेको बालविवाह लाई निर्मूल पार्न विवाहपूर्व २० वर्ष पुगेको बालिग प्रमाणपत्र लिएर मात्र विवाह गर्न पाउने व्यवस्थाका लागि संकल्प गर्नुपर्ने भन्दै प्रतिनिधिसभामा संकल्प प्रस्ताव दर्ता गराएकी हुन् ।