गण्डकी प्रदेश सरकारलाई प्रतिपक्ष बनाई साझा संकल्प प्रस्ताव ल्याइएको छ । गण्डकी प्रदेशसभाका चारवटै संसदीय दलले १३ बुँदे माग राख्दै संयुक्त संकल्प प्रस्ताव ल्याएको सांसद कुमार खड्काले बताए । संकल्प प्रस्ताव शुक्रबार गण्डकी प्रदेशसभा सचिवालयमा दर्ता भएको छ । कोभिड–१९ को सवालमा सत्तापक्ष र प्रतिपक्ष दलको संयुक्त संकल्प प्रस्ताव ल्याइएको सांसद खड्काको भनाइ छ ।